News Portal

छेडागाडमा बैयक्तिक शैक्षणिक योजना निर्माण सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न

३१८ पटक

छेडागाड नगरपालिकामा अपाङ्गता भएका बालबालिकाका लागी समाबेशी शिक्षा र बैयक्तिक शैक्षणिक योजना निर्माण सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न भएको छ । छेडागाड नगरपालिकाका २३ वटा सामुदायिक बिद्यालयका २३ जना शिक्षकहरुको सभागितामा उक्त कार्यशाला गोष्ठी सम्पन्न भएको हो ।

गोष्ठीमा सहभागी २३ जनामध्ये ५ जना महिला रहेका थिए भने, १८ जना पुरुष रहेका थिए । अपाङ्गता भएका, सिकाई उपलब्धीमा कमजोर बालबालिकाहरुको बैयक्तिक शैक्षणिक योजना निर्माण गरी सिकाई उपलब्धी बृद्धि गर्नुको साथै बालबालिकाहरुको क्रियात्मक सिमिततालाई कम गर्न समाबेशी र समतामुलक शिक्षण सिकाई क्रियाकलाप संचालन गर्ने उद्देश्यले उक्त कार्यशाला गोष्ठी संचालन गरिएको पाँचतारा युवा संरक्षक मञ्च, जाजरकोटले जनाएको छ । पाँचतारा युवा संरक्षक मन्च जाजरकोट र सेभ द चिल्ड्रेनको साझेदारीमा सन्चालित सहयात्रा दोस्रो परियोजनाको आयोजनामा छेडागाड नगरपालिकामा कार्यरत शिक्षकहरुका लागी ३ दिने कार्यशाला गोष्ठी संचालन गरिएको थियो ।

उक्त कार्यशाला गोष्ठीमा सहभागी शिक्षक शिक्षिकाहरुले ५६ जना अपाङ्गता भएका र सिकाई उपलब्धी कमजोर भएका बालबालिकाहरुको बैयक्तिक शैक्षणिक योजना निर्माण गरेका थिए । कार्यशालाको सहजीकरण पाँचतारा युवा संरक्षक मन्च जाजरकोटका शिक्षा संयोजक कृष्ण बहादुर कार्की र शैक्षणिक श्रोत ब्यक्ति गोरखनाथ आर्चायले गरेका थिए । सम्पन्न कार्यशालाबाट अपाङ्गता भएका र सिकाई उपलब्धी कमजोर भएका बालबालिकाहरुको सिकाई उपलब्धी बृद्धि गर्नमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै कार्यशालामा सहभागी शिक्षक प्रेम बहादुर बुढाल आफनो बिद्यालयमा सिकेका कुराहरु ब्यबहारमा लागु गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।

प्रतिकृया दिनुहोस्