Hamro Sanchar

छेडागाडका ३ वटा बिद्यालयलाई कम्प्युटर सेट हस्तान्तरण

डिजिटल संचार संवाददाता प्रकाशित : २०७९/१२/२४ गते
जाजरकोट

सुचना प्रबिधीमा बिद्यालयको पहुँच बृद्धि गरी श्रृजनात्मक शिक्षण सिकाई क्रियाकलाप गर्न ल्यापटप हस्तान्तरण गरिएको छ । छेडागाड नगरपालिकामा पाँचतारा युवा संरक्षक मन्च जाजरकोट र सेभ द चिल्ड्रेनको साझेदारीमा सन्चालित सहयात्रा दोस्रो परियोजना मार्फत ३ वटा बिद्यालयलाई १÷१ वटा कम्प्युटर सेट सहयोग गरिएको हो ।

छेडागाड–१३ को सरस्वती आधारभुत बिद्यालय, १२ को चन्द्रज्योती आधारभुत बिद्यालय र १ को कालिका माध्यमिक बिद्यालयलाई उक्त कम्प्युटर सेट हस्तान्तरण गरिएको परियोजनाका शिक्षा संयोजक कृष्ण बहादुर कार्कीले जानकारी दिएका छन् । वडा नं १३ को सरस्वती आधारभुत बिद्यालयका शिक्षक शान्तलाल जैशीले संस्था र परियोजनाबाट सहयोग प्राप्त भएको कम्प्युटरबाट बिद्यालयमा शिक्षण सिकाई क्रियाकलापहरु संचालन गर्न सहजता तथा बालबालिकाहरुको सिकाई उपलब्धी बृद्धि गर्न सहयोग पुग्ने भनाई राखेका थिए ।

प्रतिकृया दिनुहोस्