News Portal

बालमैत्री स्थानीय शासन सम्बन्धी छेडागाडमा अभिमुखिकरण

४०८ पटक

बालमैत्री स्थानीय शासन सम्बन्धि छेडागाड नगरपालिकामा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । नगर कार्यपालिकाका सदस्यहरु र अन्य सरोकारवालाहरुलाई बालमैत्री स्थानीय शासन सम्बन्धि अभिमुखिकरण गरिएको हो ।

बाल अधिकारसंग सम्बन्धित सवालहरुको पहिचान, बालमैत्री स्थानीय शासन संचालन सम्बन्धि जानकारी, बालमैत्री वडा घोषणा गर्नका लागी कार्यबिधी निर्माण तथा घोषणाका आबश्यक तयारी लगाएतका बिषयहरु दुई दिनसम्म संचालन गरिएको अभिमुखिकरण कार्यक्रम मुख्य बिषयहरु रहेका थिए ।

उक्त अभिमुखीकरण कार्यक्रममा नगर उप–प्रमुख, वडाअध्यक्ष, कार्यपालिका सदस्यहरु, बिषयगत शाखाका प्रमुख तथा प्रतिनिधीहरु लगायत ३७ जनाको सहभागिता रहेको थियो । बाल अधिकार सम्बन्धी कानुनी तथा संबैधानिक ब्यबस्था, बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, सुचकहरु, नीतिगत ब्यबस्था, कार्यान्वयन प्रक्रिया, संस्थागत संरचना, सम्बन्धित निकायहरुको भुमिका आदि बिषयमा छलफल गरिएको थियो ।

सेभ द चिल्ड्रेनका बाल संरक्षण बाल अधिकार शासन संयोजक जगदिश सिंह र पाँचतारा युवा संरक्षक मन्च जाजरकोटका बाल संरक्षण, बाल अधिकार शासन संयोजक कुबेर केसीको सहजीकरणमा उक्त अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको थियो । भौतिकपूर्वाधारलाई मात्र बिकास ठान्ने मान्यतालाई परिबर्तन गर्नुपर्ने, बालबालिकाहरुको शिक्षा, स्वास्थ्य, पोषण सुधार भएपछि मात्र समग्र बिकास जग बसाल्न सकिने पाँचतारा युवा संरक्षक मञ्च जाजरकोटका अध्यक्ष छबी पन्तले भनाई राखेका थिए । बाल अधिकारका सबै सुचकहरुलाई पुरा गर्न स्थानीय तहले अविभावकीय भुमिकालाई पुरा गर्नपर्ने बताउदै अध्यक्ष पन्तले भविष्यका असल, कर्मठ नागरिक निर्माणका लागी स्थानीय तहले पहकदमी लिनुपर्ने धारणा राखेका थिए ।

बाल अधिकारका सवालहरुलाई सम्बोधन गर्न नगरपालिकाबाट निरन्तर रुपमा काम भईरहेको नगर उप–प्रमुख चन्द्रबहादुर थापाले भनाई राखेका थिए । नगरपालिका सबै वडाहरुमा बालमैत्री स्थानीय शासन संचालन गर्न नगरपालिका अगाडी बढेको बताउदै उप–प्रमुख थापाले नगरपालिकाको योजना कार्यान्वयनमा सहयोग गर्ने साझेदार संघ÷संस्थाहरुसंग समन्वय तथा सहकार्य प्रभावकारी बनाउने प्रतिबद्धता ब्यक्त गरेका थिए । उनले बालबालिकाहरुको शिक्षा विकास र बाल अधिकार संरक्षणमा निरन्तर सहयोग गर्दै आएको सेभ द चिल्ड्रेन र पॉचतारा युवा संरक्षक मन्च जाजरकोटलाई धन्यबाद सहित आभार ब्यक्त गरेका थिए ।

प्रतिकृया दिनुहोस्