News Portal

जाजरकोटमा बालमैत्री न्यायिक प्रणाली सुदृढीकरण सम्बन्धि तालिम सम्पन्न

२९६ पटक

जिल्ला सदरमुकाम खलंगामा बालमैत्री न्यायिक प्रणाली सुदृढिकरण सम्बन्धि दुई दिने तालिम सम्पन्न भएको छ । पहाडी क्षेत्र विकास अभियान, जाजरकोट र सेभ द चिल्ड्रेनको आयोजनामा बालमैत्री न्यायिक प्रणाली सम्बन्धि दुई दिने तालिम सम्पन्न भएको हो ।

नगर उपप्रमुख, गाउँपालिका उपाध्यक्ष, जिल्ला अदालतका श्रेस्तेदार, जिल्ला न्याधिवक्ता, जिल्ला प्रहरी कार्यालयको मुद्धा फाँटमा कार्यरत प्रहरी अफिसर तथा जवानहरु गाउँ तथा नगर पालिकाको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखामा कार्यरत महिला निरिक्षक, पत्रकार, गैरसरकारी संस्थाका प्रतिनिधिहरु सहभागी रहेको तालिम केन्द्रिय बालकल्याण समितिका पूर्व कार्यकारी निर्देशक तथा ट्रिओ रिसर्च एण्ड डेभेलपमेन्ट अध्यक्ष तारक धिताल, ट्रिओ रिसर्च एण्ड डेभेलपमेन्टमा कार्यरत मधु दवाडी, जिल्ला न्याधीश केशव चपाईले सहजीकरण गरेका थिए ।

दुई दिनसम्म चलेको तालिममा बाल न्यायिक प्रणालीको अबधारण, विद्येमान कानुनी व्यवस्था, कार्यान्वयनको अबस्थाका विषयमा सहभागीहरुलाई तालिम दिएको थियो । वयस्क व्यक्तिले कानून विपरित कसुरजन्य कार्य गरेमा अपराध मानेर फौजदारी न्याय प्रणाली अनुसार कारवाही गर्ने र बालबालिकाले कानून विपरित कसुरजन्य कार्य गरेमा बिज्याँई वा कानुनको विवादमा परेको मानेर सरल तरिकाले विषेश प्रक्रियाबाट टुङ्ग्याउने कानुनी व्यवस्था भएको प्रशिक्षक तारक धितालले भनाई राखेका थिए । बाल न्याय पद्धतिका मुख्य स्तम्भ, दिशान्तर, पुनस्र्थापकीय न्याय प्रणालीको अबधारणका बिषयमा सहभागीहरुलाई तालिम दिईएको थियो ।

बालबालिकाको मुद्धाको उजुरी लिने, अनुसन्धान गर्ने तरिका, बालमैत्री न्यायिक प्रणाली, मानव अधिकारका बिषयमा सहभागीहरुलाई तालिम दिईएको थियो । बालन्याय सम्बन्धि नेपालमा प्रयाप्त कानुन तथा कार्यक्रम भएता पनि कानुन कार्यान्वयन गर्न आबश्यक बजेट व्यवस्थापन र कार्यान्वयनको अबस्था कमजोर भएको प्रशिक्षक धितालले भनाई राखेका थिए । बाल न्याय प्रवद्र्धन गर्न दुई दिने तालिमले हौसला प्रदान गरेको तालिकाका सहभागीहरुले भनाई राखेका थिए ।

प्रतिकृया दिनुहोस्