News Portal

एकिकृत पाठ्यक्रम सम्बन्धि छेडागाडमा तालिम सम्पन्न

५८६ पटक

छेडागाडमा एकिकृत पाठ्यक्रम सम्बन्धि तालिम सम्पन्न भएको छ । पाँचतारा युवा संरक्षक मन्च, जाजरकोट र सेभ द चिल्ड्रेनको साझेदारीमा सन्चालित सहयात्रा–२ आयोजनामा उक्त तालिम सम्पन्न भएको हो ।

छेडागाड नगरपालिकाका बिद्यालयहरुमा अध्यापनरत २७ जना शिक्षकहरुलाई उक्त तालिम प्रदान गरिएको पाँचतारा युवा संरक्षक मञ्चले जनाएको छ । १० दिनसम्म संचालन गरिएको तालिममा एकिकृत पाठ्यक्रम सम्बन्धि केन्द्रित रहेको जनाईएको छ । नयाँ पाठ्यक्रमसंग परिचित गराउन, शिक्षण बिधीहरु तथा कौशलहरुको ज्ञान प्रदान गर्न, साथै ब्यबहार कुशल सिपको बिकास गराई बालबालिकाहरुको सिकाई उपलब्धीमा बृद्धि गराउने उद्देश्य सहित उक्त तालिम संचालन गरिएको थियो ।

उक्त तालिमको मुख्य प्रशिक्षकका रुपमा कर्णाली प्रदेश सामाजिक बिकास मन्त्रालय अन्र्तगत मानब संसाधन बिकास केन्द्र सुर्खेतका रोष्टर प्रशिक्षक धनीराम शर्मा रहेका थिए । साथै सेभ द चिल्ड्रेनका शिक्षा संयोजक चेतराज उपाध्याय र पाँचतारा युवा संरक्षक मन्च जाजरकोटका शिक्षा संयोजक कृष्ण बहादुर कार्कीले पनि सहजीकरणमा गरेका थिए ।

तालिममा एकिकृत पाठ्यक्रम सम्बन्धी अवधारणा, पढाई सिपहरु, बहुबिषयक र अन्तरबिषयक एकिकरण, सुचना तथा सञ्चार प्रबिधीको प्रयोग, सिकाई सहजीकरण प्रक्रिया तथा बिधीहरु, पाठ्यक्रम कार्यान्वयन मार्गदर्शन, बिद्यार्थी कार्यपुस्तक, शिक्षक निर्देशिकाको प्रयोग, भाषिक तत्वगत ज्ञान, ध्वनी सम्बन्धीका क्रियाकलापहरु, शब्द ज्ञान, प्राथमिक तहमा पठन रणनिती, लेखाई अभ्यास, गणित पठन सिप, अंग्रेजी भाषा सिकाई, एकिकृत बिषयबस्तु सहितको सामाग्रीहरु निर्माण तथा प्रयोग, शिक्षण बिधीहरु, कक्षाकोठा ब्यबस्थापन, शिक्षण क्रियाकलापमा बिबिधता ब्यबस्थापन, शैक्षणिक योजना निर्माण तथा प्रयोग, एकिकृत बिद्यार्थी मुल्याङकन, परियोजना कार्य, प्रबोधीकरण लगायतका बिषयबस्तुमा सहजीकरण गरिएको थियो ।

तालिमको अन्तिममा सहभागी शिक्षक शिक्षिकाहरुले तालिममा सिकेकाका बिषयबस्तुहरु हुबहु रुपमा कक्षाकोठामा ब्याबहारिक रुपमा लागु गरी शिक्षण सिकाई क्रियाकलापलाई प्रभाबकारी बनाउदै शैक्षिक गुणस्तर अभिबृद्धि गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए । तालिमबाट हामीहरुलाई पाठ्यक्रम अनुसार पढाउने र निरन्तर बिद्यार्थी मुल्याङकन प्रणाली कसरी लागु गर्ने भन्ने विषयमा पूर्णरुपमा जानकारी भएको र तालिमबाट सिकेका कुराहरु आफुमा मात्र सिमित नराखी आफनो बिद्यालय र नजिकैका अरु बिद्यालयहरुमा पनि लागु गराउनका लागी सहजीकरण गर्ने प्रतिबद्धता सहित सहभागी शिक्षक गोबिन्द प्रसाद जैशीले आफनो बिचार ब्यक्त गरेका थिए ।

तालिम पश्च्यात शैक्षिक सामाग्रीहरुको प्रयोग, बालकेन्द्रित शिक्षण बिधि सम्बन्धी धेरै ज्ञान प्राप्त भएको र आगामी दिनमा तालिममा सिकेका सिपहरुलाई कक्षाकोठामा पूर्णरुपमा लागु गर्ने र अरु शिक्षकहरुलाई पनि लागु गर्नका लागी प्रेरित गर्ने छु भन्ने सहभागी शिक्षिका सिता शर्माले भनाई राखेकी थिईन् ।

प्रतिकृया दिनुहोस्