Hamro Sanchar

नेकपा (माओवादी केन्द्र) शिवालय गाउँ समितिको अध्यक्षमाः पुन

डिजिटल संचार संवाददाता प्रकाशित : २०८०/१/१७ गते
जाजरकोट

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) शिवालय गाउँ समितिको अध्यक्षमा मान बहादुर पुन निर्वाचित भएका छन् । सनिबार सम्पन्न गाउँ समितिको सम्मेलनले पुनलाई गाउँ समितिको अध्यक्षमा निर्वाचित गरेको हो ।

सनिबार सम्पन्न भएको शिवालय गाउँसमितिको सम्मेलनले उच्च जनवादको प्रयोग गरेर सम्पन्न भएको नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश समितिका सदस्य अमरसिंह राठौर “आभाष सिंह” ले जानकारी दिएका छन् । पार्टीको नयाँ गाउँ कार्यसमिति निर्वाचित गर्ने अविभारा सहित सम्पन्न भएको सम्मेलनले अध्यक्ष पदमा पुनलाई निर्वाचित गरेको राठौरले बताए । राठौरले दिएको जानकारी अनुसार सम्मेलनले गाउँ समितिको सचिवमा राम बहादुर बिसी, कोषाध्यक्षमा मनिषा थापा, सदस्यहरुमा भवानी प्रसाद रेग्मी, टेक बहादुर वली लगाएत १७ सदस्य गाउँ कार्यसमितिलाई निर्वाचित गरेको छ ।

नेकपा (माओवादी केन्द) ले हालसम्मका सम्मेलन तथा अधिवेशनहरुमा प्रयोग हुदै आएका बिधिहरु भन्दा फरक तरिकाको विधिबाट गाउँ समितिको सम्मेलन सम्पन्न गरिएको प्रदेश समिति सदस्य राठौरले जानकारी दिएका छन् । पार्टीको नीति र विधानले गरेको व्यवस्था अनुसार शिवालय गाउँ समितिको सम्मेलनमा नयाँ अभ्यास गरिएको रोठौरले बताए । सम्पन्न सम्मेलनले नत चुनावी विधिबाट नयाँ कार्यसमिति चयन गर्यो, नत प्रस्तुत प्यानललाई अनुमोदन गर्र्यो प्रदेश समिति सदस्य राठौंरले भने–“गाउँ कार्यसमितिको पदाधिकारी देखि सदस्यसम्मका सबै पदमा मनोनयन दर्ता तथा लिने काम गर्यो, सम्मेलनमा सहभागी प्रतिनीधिहरुले एक मतका साथ सबै पदमा मनोनयन दर्ता गरेका उम्मेदवारबाटै एक–एक जनालाई छनौट गरि निर्वाचित गरेका छन् ।”

उक्त सम्मेलनबाट निर्वाचित अध्यक्ष पुन शिक्षण पेशालाई छोडेर विगत जनयुद्धमा सहभागी भएका शिवालय गाउँपालिकामा क्रियाशिल सबै राजनीतिक पार्टीका स्वीकार्य नेता हुन् । पुन २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा (माओवादी केन्द्र) बाट शिवालय गाउँपालिका–१ का निर्वाचित वडा अध्यक्ष पनि हुन् ।

नेकपा (माओवादी केन्द्र) ले हाल संचालन गरेको “विकास र समृद्धिको लागि पार्टी सुदृढीकरण” अभियान अन्तरगत शिवालय गाउँ समितिको सम्मेलन सम्पन्न गरेको हो । नेकपा (माओवादी केन्द्र), जाजरकोटले दिएको जानकारी अनुसार जिल्लाका सात वटै पालिकाका गाउँ तथा नगर समितिका सम्मेलनहरु सम्पन्न गर्नुको साथै पार्टी सदस्यता नविकरण, जवस÷मोर्चाका बैठक, भेला, सम्मेलनहरु सम्पन्न गर्ने योजना तय गरेको छ ।


Tagged
प्रतिकृया दिनुहोस्