News Portal

जिल्ला स्तरीय योजना तर्जुमा गोष्ठी सम्पन्न

२८१ पटक

जाजरकोटमा जिल्ला स्तरीय योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ । डिभिजन वन कार्यालयको आयोजनामा जिल्ला स्तरीय योजना तर्जुमा गोष्ठी सम्पन्न भएको हो ।

आर्थिक बर्ष २०८०÷०८१ को लागि प्रदेश वन निर्देशनालय मार्फत कर्णाली प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट बजेट विनियोजनको लागि उक्त योजना तर्जुमा गोष्ठीले मद्दत पुग्ने डिभिजन वन कार्यालयका प्रमुख राधाकृष्ण दासले विश्वास व्यक्त गरेका छन् । जनप्रतिनीधि, जिल्ला स्थित राजनीतिक दलका नेता, सामुदायिक वन उपभोक्ता समुह लगाएतका सरोकारवालाहरुको सहभागितामा सम्पन्न गोष्ठीले छनौट गरिएका योजनाहरु बस्तुवादी र बैज्ञानिक हुने कार्यालय प्रमुख दासले भनाई राखेका छन् ।

संविधान सभा सदस्य तथा नेकपा (माओवादी केन्द्र) का कर्णाली प्रदेश ईन्चार्ज काली बहादुर मल्लको बिशेष उपस्थितिमा सम्पन्न भएको योजना तर्जुमा गोष्ठीमा नेपाली कांग्रेसका कार्यवहाक सभापति खडक विसी, नेकपा एमालेका प्रतिनीधि मोति वली, विश्व विक्रम शाह, मुकन्द प्रसाद शर्मा, नेकपा (माओवादी केन्द्र) का जिल्ला ईन्चार्ज गगन बहादुर खड्का, प्रदेश समिति सदस्य अमरसिंह राठौंर, नेकपा बहुमतका प्रतिनीधि लगाएतका राजनीतिक दलका नेताहरुको सहभागिता रहेको थियो । त्यसैगरी उक्त गोष्ठीमा भेरी नगरपालिका–६ का वडा अध्यक्ष शशि बुढा, नलगाड नगरपालिका–४ का वडाअध्यक्ष बद्री पन्त लगाएतका जनप्रतिनीधिहरुको उपस्थिति रहेको थियो । साथै गोष्ठीमा विभिन्न पेशा व्यवसायमा संलग्न व्यक्ति र सामुदायिक उपभोक्ता समुहका प्रतिनीधिहरुको सहभागिता रहेको थियो ।

सम्पन्न योजना तर्जुमा गोष्ठीले उद्योग, पर्यटन, वन्यजन्तु संरक्षण, भु–क्षय संरक्षण, वातावरण संरक्षण लगाएतका क्षेत्रगत विषयसंग सम्बन्धित योजना छनौट गरेको कार्यालय प्रमुख दासले जानकारी दिएका छन् । गोष्ठीले योजना छनौट गर्नुको साथै छनौट गरिएका योजनाहरुको लागत अनुमान गरेको छ । छनौट गरिएका योजनाबाट हासिल हुने लाभ तथा लाभाम्बित घरधुरी संख्याको किटान गरेको कार्यालय प्रमुखले जानकारी दिएका छन् । बस्तीको माग र भुगोलको आबश्यकताका आधारमा छनौट गरिएका योजनाहरु नभएर चोरदुलोबाट समावेश गरिएका योजनाहरु स्वीकृत भएर आउने परिपाटीको अन्त्य हुनुपर्ने र गर्नुपर्ने गोष्ठीका सहभागीहरुले भनाई राखेका थिए ।

प्रतिकृया दिनुहोस्