News Portal

जाजरकोटमा वादी समुदायलाई मादल बनाउने सामाग्री हस्तान्तरण

२८३ पटक

जिल्ला सदरमुकाम खलंगामा सोमबार वादी समुदायका केही प्रतिनीधिलाई मादल बनाउन आबश्यक पर्ने सामाग्री हस्तान्तरण गरिएको छ । सामाजिक विकास कार्यालयले जिल्लाका सात वटै स्थानीय तहका वादी समुदायका प्रतिनीधिलाई मादल बनाउन आबश्यक पर्ने सामाग्री हस्तान्तरण गरेको हो ।

मादल निर्माण गर्दा आबश्यक पर्ने कैची, चक्कु सानो–ठुलो, बन्चरो सानो–ठुलो, हथौडा, कुस, बसुला, रन्दा, खाक्सी, रेति, पिलास, आरी सानो–ठुलो, सप्पल, ईनामेल, किलाकाँठा, रामु, होल्सा, ड्रिल मेशिन लगाएत २१ प्रकारका सामाग्री वादी समुदायका प्रतिनीधिहरुलाई हस्तान्तरण गरिएको सामाजिक बिकास कार्यालय, जाजरकोट प्रमुख यज्ञश्वर खत्रीले जानकारी दिएका छन् । उक्त सामाग्री भेरी नगरपालिकाका डोटे वादी र मर्दवीर वादी, नलगाड नगरपालिकाका दले वादी, छेडागाड नगरपालिकाका डिले वादी र टसे वादी, शिवालय गाउँपालिकाका नरमान वादी, कुशे गाउँपालिकाका दलवीर वादी र जुनीचाँदे गाउँपालिकाका गोविन्द वादीलाई हस्तान्तरण गरिएको कार्यालय प्रमुख खत्रीले बताए । बारेकोट गाउँपालिकामा वादी समुदाय नभएको जानकारी दिदै कार्यालय प्रमुख खत्रीले ६ वटा पालिकाका ८ जनालाई उत्त सामाग्री हस्तान्तरण गरिएको जानकारी दिएका छन् ।

कर्णाली प्रदेश सरकारको आदीबासी, जनजाति, दलित, भोटे तथा सिमान्तकृत समुदायको सीप जर्गेर्ना कार्यक्रम अन्तरगत जाजरकोट जिल्लामा वादी समुदायलाई मादल बनाउने सामाग्री हस्तान्तरण गरिएको हो कार्यालय प्रमुख खत्रीले भने–“यस सामाग्री हस्तान्तरण कार्यक्रमले लोभ हुदै गएको पुर्खेउली सीपको जर्गेर्ना गर्नुको साथै सीपको पुस्ता हस्तान्तरण गर्न सहयोग पुग्ने हामीले विश्वास गरेका छौं ।”

पुर्खेउली सीपको सही सदुपयोगबाट पनि स्वरोजगार बन्न सकिने जिल्ला समन्वय प्रमुख काली बहादुर खत्रीले भनाई राखेका थिए । मादलको बजार माग बढिरहेको भएता पनि बजार मागको आपुर्ति हुन नसकेको समन्वय प्रमुख खत्रीले बताएका थिए ।

वादी समुदायको पुर्खेउली पेशालाई अन्य समुदायमा पनि विस्तार गर्नुपर्ने भनाई राख्दै भेरी नगरपालिका–१ का डोटे वादीले आगामी बर्षमा मादल निर्माण सम्बन्धिको सीप विकास तालिमको आयोजना गर्न सामाजिक विकास कार्यालयसंग अनुरोध गरेका थिए ।

प्रतिकृया दिनुहोस्