News Portal

समृद्धिलाई प्राथमिकतामा राखेर बजेट तथा कार्यक्रम ल्याउछौंः–मन्त्री सिंह

४९२ पटक

समृद्धिलाई प्राथमिकतामा राखेर आगामी बर्षको बजेट तथा कार्यत्रम ल्याउने कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री बेदराज सिंहले बताएका छन् । नलगाड नगरपालिका–३ कैना स्थित सूर्योदय माध्यामिक विद्यालयको ३६ औं स्थापना दिवस तथा रजत जयन्तीको अबसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सिंहले यस्तो बताएका हुन् ।

दुई दिनको पैदल यात्रा पार गरेर सल्ली बजारदेखि गाडी चढ्नुर्ने अबस्थाको अन्त्य भएको मन्त्री सिंहले बताएका थिए । जाजरकोट जिल्लाका ७७ वटा वडा मध्ये ७३ वटा वडालाई सडक संजालले छोई सकेको वताउदै मन्त्री सिंहले बाँकी रहेका ४ वटा वडालाई सडक संजालमा जोड्नुको साथै सडक संजालमा जोडिएका वडाहरुको सडक स्तर उन्नतीमा जोड दिनुपर्ने भनाई राखेका थिए । जिल्लाका सबै वडाहरुमा सामुदायिक विद्यालय, स्वास्थ्य संस्थाहरुको स्थाना भई सेवा प्रवाह भईरहेको बताउदै मन्त्री सिंहले खानेपानी, सिंचाई, विद्युत जस्ता भौतिक पूर्वाधारका कामहरु भई रहेको बताएका थिए ।

जुम्ला, डोल्पा लगाएतका जिल्लामा निर्यात गर्ने गरी यो भन्दा अघिल्लो पुस्ताले कृषि उत्पादन गर्ने गरेको बताउदै मन्त्री सिंहले अहिले रुपैडियाबाट आउने दाल, चामल बिना बाच्नै नसक्ने अबस्था सृजना भएको भनाई राखेका थिए । कृषि उत्पादन र रोजगारीको अबस्थालाई हेर्दा आपुले आफुलाई नै चिन्न नसक्ने अबस्था सिर्जना भएको बताउदै मन्त्री सिंहले अहिलको परिवर्तित व्यवस्थाले विकास भन्दा समृद्धिको बिषयलाई जोड्न नसकेको भनाई राखेका थिए । जनताको जीवन स्तरमा परिवर्तन ल्याउन सक्ने समृद्धिको योजनालाई जोड्ने गरी बजेट तथा कार्यक्रम निर्माणमा जुटि रहेका छौं मन्त्री सिंहले भने–“अहिलेको व्यवस्था भनेको जनताको व्यवस्था हो, जनताको पक्षमा भएको यो व्यवस्थाको रक्षा, विकास र सुदृढ गर्न जनतानै सचेत हुन आबश्यक छ, यो व्यवस्था प्राप्त गर्नका लागि नेपाली कांग्रेस, नेकपा (माओवादी) र एमाले लगाएतका दलहरुको महत्वपूर्ण भुमिका र योगदान छ । विगत जनयुद्ध राप्रपाका कारणले भएता पनि राप्रपाको भुमिकाले गणतन्त्र प्राप्त भएको हाईन । नत अहिलेका राष्ट्रिय स्वतन्त्र पार्टीको भुमिका र योगदानले यो देशमा गणतन्त्र प्राप्त भएको हो ।”

आगामी बर्षका लागि बजेट तथा कार्यक्रम निर्माणको व्यवस्त समयका बाबजुद बाटोमै १४ घण्टाको समय दिएर सूर्योदय माध्यामिक विद्यालयको ३६ औं स्थापना दिवस तथा रजत जयन्तीमा आफु सहभागी भएको मन्त्री सिंहले भनाई राखेका थिए । मन्त्री सिंहले आफुलाई मतदान गरी मन्त्री बन्ने अबसर प्रदान गर्ने जाजरकोट जिल्लाको क्षेत्र नं. १ (क) केही मतदातासंगको साक्षत्कारलाई सुलभ बनाउनुको साथै आगामी बर्षको बजेट तथा कार्यक्रम निर्माणमा मतदाताहरुको राय, सुझावलाई संकलन गर्नलाई पनि आफु सूर्योदय माध्यामिक विद्यालयको ३६ औं स्थापना दिवस तथा रजत जयन्तीमा पुगेको बताएका थिए । ३६ औं स्थापना दिवस तथा रजत जयन्तीमा प्रमुख अतिथि बन्ने अबसर प्रदान गरेकोमा सूर्योदय माध्यामिक विद्यालय परिवारप्रति हार्दिक आभार प्रकट गर्दै मन्त्री सिंहले विद्यालयको समग्र विकासका लागि सूर्योदय माध्यामिक विद्यालय परिवारले मात्र नभएर विद्यालयका अविभावक र सेवा क्षेत्रका नागरिकहरुले अनुभुति गर्ने गरी बजेट व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । केही समय पहिला सम्पन्न नलगाड शैक्षिक अन्तरक्रिया तथा बहसले जारी गरेको २८ बुँदे घोषणा–पत्रले उठाएका सवाल र गत निर्वाचनको प्रतिवद्धता पत्रमा उल्लेख भएका बिषयहरुम केन्द्रित रहेर आफुले काम गर्ने मन्त्री सिंहले भनाई राखेका थिए ।

विकास र समृद्धिको प्यासमा छट्पटाई रहेका जाजरकोट बासीलाई कुरा सुनाएर मात्र अब नपुग्ने बताउदै नलगाड नगरपालिकाका पूर्व नगरप्रमुख टेक बहादुर रावलले अब गरेर देखाउनुपर्ने वेला आएको भनाई राखेका थिए । जाजरकोटका मतदाताहरुले हालेको भोटको सम्मान भएको बताउदै पूर्व नगरप्रमुख रावलले जाजरकोटीले संघमा उर्जा, जलस्रोत तथा सिंचाई र प्रदेशमा आर्थिक मामिला तथा योजना मन्त्री पाएकोमा गर्व गर्नुपर्ने भनाई राखेका थिए । सूर्योदय माध्यामिक विद्यालयको उन्नयनका लागि सधैभरी आफु साथमै रहेको बताउदै कार्यक्रमका विशेष अतिथि रावलले विद्यालयको समग्र विकासका लागि अविभावक, शिक्षक, विद्यालय व्यवस्थापन समिति सम्पूर्ण एक ठाउँमा हुनुपर्ने भनाई राखेका थिए ।

उक्त कार्यक्रममा बारेकोट गाउँपालिकाका पूर्वअध्यक्ष महेन्द्र बहादुर शाह, नेपाली कांग्रेस जाजरकोटका कावा अध्यक्ष खडक बिसी, नलगाड नगरपालिकाका काव नगरप्रमुख धर्मेन्द्र नेपाली, ६ नम्बर वडाअध्यक्ष बीरेन्द्र खड्का, पुर्व वडाअध्यक्ष प्रचण्ड वली, सूर्योदय माध्यामिक विद्यालयका पूर्व शिक्षक दिलाराम विसी, जगत शाही, पुर्व विद्यार्थी चन्द्र बहादुर वुढाले शुभ कामना मन्तव्य राखेका थिए । विद्यालयको ३६ औं स्थापना दिवस तथा रजत जयन्तीमा नेपाल सरकारका उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री शक्ति बहादुर बस्नेत पठाएको लेखित शुभ कामना पत्रलाई बाचन गरिएको थियो ।

३६ औं स्थापना दिवस तथा रजत जयन्तीको अबसरमा विद्यालयले हाजिरी जवाफ र भलिवल प्रतियोगिताको आयोजना गरेको थियो । साथै “म बनाउछु मेरो विद्यालय” भन्ने नारा दिएर सहयोगी दाताहरुबाट संकलन गरिएको रकमबाट विद्यालय कोष स्थापना गरिएको छ । स्थापना गरिएको उक्त विद्यालय कोषमा ७ लाख २७ हजार १५४ जम्मा भएको विद्यालय परिवारले जानकारी दिएको छ । स्थापना गरिएको उक्त कोषमा अझै केही दिनसम्म सहयोगी दाताहरुले रकम जम्मा गर्न सकिने समयलाई बाँकी राखिएको बताईएको छ । विद्यालय स्थापना दिवस तथा रजत जयन्तीमा विद्यालय स्थापनामा महत्वपूर्ण योगदान गर्ने व्यक्ति, संस्थापक विद्यालय व्यवस्थापन समिति, संस्थापक शिक्षक, पूर्वअध्यक्षहरु, चन्दादाताहरुलाई सम्मान पत्रद्धारा सम्मान गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्र बहादुर पुनले ३६ औं स्थापना दिवस तथा रजत जयन्तीमा बिद्यालय कोष स्थापना कार्यक्रमको औचित्यता माथि प्रकाश पारेका थिए भने, प्रअ नर बहादुर शाहीले कार्य पत्र प्रस्तुत गरेका थिए ।

प्रतिकृया दिनुहोस्