News Portal

गोपनियता र मर्यादाको सम्मान गर्न जाजरकोटमा बाल सम्बेदनशिल पत्रकारिता तालिम सम्पन्न

३७१ पटक

बालबालिकाहरुको गोपनियता र मर्यादाको सम्मान गर्न जिल्ला सदरमुकाममा तीन दिने बाल सम्बेदनशिल पत्रकारिता तालिम सम्पन्न भएको छ । खलंगा स्थित आरआर भेरी ग्रिन गेष्टहाउसको सभाहलमा सोमबारदेखि सुरु भएको बाल सम्बेदनशिल पत्रकारिता तालिम बुधबार सम्पन्न भएको हो ।

बालबालिकाहरुको स्नायु शक्तिमा प्रतिकुल असर पार्ने खालका कुनै पनि फोटो, भिडियो र समाचारहरु पत्रकारहरुले प्रकाशन तथा सम्प्रेशन गर्न नहुने भन्ने बिषयमा तीन दिनसम्म चलेको बाल सम्बेदनशिल पत्रकारिता तालिम केन्द्रित रहेको थियो । बाल बालिकाकै क्षेत्रमा लामो समयदेखि कलम चलाउदै आएकी पत्रकार कल्पना शर्मा उक्त तीन दिने तालिमको प्रमुख प्रशिक्षक रहेकी थिईन् ।

बाल विकासका पक्षहरुमा शारीरिक, बौद्धिक, भाषिक, सम्बेगात्मक र सामाजिक विकासहरु पर्ने बताउदै प्रमुख प्रशिक्षक शर्माले पत्रकारहरु बजारमा विकाउ हुने समाचारको खोजीमा दौडिन नहुने भनाई राखेकी थिईन् । प्रविधिको प्रयोग र सामाजिक संजालको उपभोगले बाल सुलभमा प्रतिकुल प्रभाव पार्दै गएको बताउदै प्रमुख प्रशिक्षक शर्माले देश भित्र र देश बाहिर घटेका विभिन्न घटनाहरुको उदाहरणहरु दिएकी थिईन् । बाल मष्तिस्कमा बसेको छाँप जीवनको उत्तरार्धसम्म नमेटिने बताउदै प्रशिक्षक शर्माले बालबालिकाहरुको दिमागमा नराम्रो छाँप पर्ने कुनै पनि सन्दर्भ सामाग्री प्रकाशन गर्न नहुनेमा जोड दिएकी थिईन् । कुनै पनि हिंसा, दुव्र्यवहार, भेदभाव, श्रम शोषण, बाल बिबाह लगाएतका सवालहरुबाट बाललिकालाई मुक्त गर्नका लागि प्रकाशन गरिने समाचारहरुमा बालबालिकाहरुको गोपनियता, मर्यादा र सम्मानको बिषयमा ध्यान दिनुपर्ने प्रशिक्षक शर्माले भनाई राखेकी थिईन् ।

बाल न्याय सम्पादन गर्न कानुनले नै फरक व्यवस्थापन गरेको तालिमका प्रशिक्षक तथा जिल्ला न्याधिबक्ता रत्न प्रकाश गिरीले भनाई राखेका थिए । बालबालिका सम्बन्धिका कुनै पनि मुद्धा हेर्नका लागि बाल इजलासको व्यवस्था गरेको जिल्ला न्याधिबक्ता गिरीले बताएका थिए । गिरीले बताए अनुसार बाल इजलास गोप्य हुन्छ । बाल इजलास जिल्ला न्याधीशको संयोजकत्वमा तीन सदस्य हुन्छ । बालबालिका सम्बन्धिका मुद्धालाई २१ दिन भित्रै बाल ईजलासमा अभियोजन पत्र दर्ता गरी सक्नुपर्ने, १२० दिनमा किनारा लगाई सक्नुपर्ने कानुनी व्यवस्था छ । बयस्कलाई प्रयोग गरिने अभियुक्त तथा अपराधमा संलग्न जस्ता शव्दावली प्रयोग नगरी बालबालिकालाई बाल विजयी भन्नु पर्ने जिल्ला न्याधीवक्ता गिरीले बताएका थिए । बालबालिकालाई प्रयोग गरिने शव्दावलीहरुमा कानुनको बिवादमा परेका, कानुनको निगरानी कक्षमा राखिएका बालबालिका भनेर सम्बोधन गर्नुपर्ने, बालबालिकाको गोपनियतालाई बचाउन अभियोजन पत्रमा पनि परिचय नखुलाई कोड प्रयोग गर्नुपर्ने जिल्ला न्याधीबक्ता गिरीले बताएका थिए ।

बाल मनोविज्ञान, सामाजिक सोसाईटी, सामाजिक संजाल तथा प्रविधिको प्रयोगका बिषयमा गम्भीर बनेर काम गर्नुपर्ने निमिक्त प्रमुख जिल्ला अधिकारी तथा तालिमका प्रशिक्षक हरिचन्द्र शर्माले भनाई राखेका थिए । अहिलेको प्रविधि र सामाजिक संजालले नागरिक पत्रकारिता अगाडी बढेको बताउदै निमित्त प्रजिअ शर्माले नागरिक न्याय तथा न्याधीश बन्ने चलन पनि बढेको बताए । लेखन शैलीमा भाषा प्रयोगमा ध्यान दिनुपर्ने बताउदै निमित्त प्रजिअ शर्माले गोपनियताको हकको पालना गर्न पत्रकारहरुलाई सुजाएका थिए । बालबालिकासंग सरोकार राख्ने निकाय भनेको अदालत, सरकारी वकिल कार्यालय, जिल्ला प्रशासन, जिल्ला प्रहरी कार्यालय, विद्यालय र स्वास्थ्य संस्था भएको बताउदै निमित्त प्रजिअ शर्माले बालबालिकासंग सरोकार राख्ने निकायसंगको सम्बन्धलाई सुमधुर बनाउन पत्रकारहरुलाई आग्रह गरेका थिए ।

जाजरकोट जिल्लामा बाल निगरानी कक्षको व्यवस्था हुन नसकेको बताउदै नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य भीम बहादुर सिंहले अझैपनि नागरिक अधिकार स्थापित गर्नका लागि पत्रकारहरुले कलम चलाउनुपर्ने अबस्था रहेको भनाई राखेका थिए । जाजरकोटमा अझैपनि महिला कैदी÷बन्दी राख्ने कारागारको व्यवस्था नहुदा जिल्ला स्तान्तरण गर्नुपर्ने अबस्था रहेको केन्द्रिय सदस्य सिंहले तालिम समापनको क्रममा भनाई राखेका थिए । तथ्य प्रमाणमा रहेर, निष्पक्ष पत्रकारिता गर्न केन्द्रिय सदस्य सिंहले सहभागीहरुलाई आग्रह गरेका थिए । विकास, समृद्धि र सामाजिक न्यायका पक्षमा पत्रकारहरुले निरन्तर रुपमा कलम चलाउनुपर्नेमा केन्द्रिय सदस्य सिंहले जोड दिएका थिए ।

तीन दिनसम्म चलेको तालिममा बाल सम्बेदनशिल पत्रकारिता भनेको के हो ?, बाल सम्बेदनशिल पत्रकारिताको महत्व, बाल अधिकार संरक्षणमा पत्रकारको भुमिका, बाल सम्बेदनशिल पत्रकारिताका मुख्य सिद्धान्त, संयुक्त राष्ट्रसंघको बाल अधिकार सम्बन्धि महासंन्धिको १ देखि ४२ सम्मका धाराले गरेको व्यवस्था, बाल सम्बेदनशिल पत्रकारिता सम्बन्धि नेपाल सरकारले गरेका प्रयासहरु, बाल अधिकार र पत्रकारिताको अन्तरसम्बन्धका विषयमा प्रशिक्षक कल्पना शर्माले तालिम दिएकी थिईन भने, निमित्त प्रमुख जिल्ला अधिकारी हरिचन्द्र शर्माले बालमैत्री सेवा प्रवाह, बालबालिका समबन्धि जारी ऐन तथा नियमावली कार्यान्वयनको अबस्था र पत्रकारहरुको भुमिकाका विषयमा तालिम दिएका थिए । जिल्ला न्याधीबक्ता रत्न प्रकाश गिरीले बाल इजलास, बाल न्याय, बाल न्याय अन्तरगत दिशान्तरका बिषयमा तालिम दिएका थिए ।

३० जना भन्दा बढि जिल्लाका पत्रकारहरु सहभागी रहेको तालिमको आयोजना नेपाल पत्रकार महासंघ जाजरकोट शाखाको समन्वयमा पहाडी क्षेत्र बिकास अभियान, जाजरकोटले गरेको थियो । सेभ द चिल्ड्रेनले आर्थिक सहयोग गरेको तालिमबाट दिक्षित भएका जिल्लाका पत्रकारहरुले बालबालिकाहरुको सर्वोतम हितमा निरन्तर रुपमा कलम चलाउने आयोजक संस्थाले अपेक्षा राखेको छ ।

प्रतिकृया दिनुहोस्