News Portal

किर्तिपुर अस्पतालको बेडबाट रुकुमपश्चिमका ५ बर्षिय बालक सहयोगको याचना गर्दै

५६५ पटक

किर्तिपुर अस्पतालको बेडबाट रुकुमपश्चिमको चौरजहारी नगरपालिका–९ का ५ बर्षिय ईश्वरराज विकले सहयोगको याचना गरेका छन् । विद्युतको करेन्ट लागेर घाईते भएका विकको शरिरका विभिन्न अंगहरुको अप्रेशन गर्न पैसाको अभाव भएपछि उनका बुवा राम बहादुर विकले सहयोगको याचना गरेका हुन् ।

गत बैसाख १९ गते घर नजिकै रहेको विद्युतको पोलबाट करेन्ट सट भएपछि नजिकै जमिनमा रहेका नाबालक ईश्वरराज विकलाई केन्ट लागेको थियो । केरेन्ट लागेर शरिरका विभिन्न अंगहरु जलेर घाईते भएका ५ बर्षिय बालकको उपचार चौरजहारी सामुदायिक अस्पतालबाट सुरु गरिएको थियो । उनको उपचार नेपालगञ्ज पनि सम्भव नभएपछि हाल किर्तिपुर अस्पतालमा उपचार भईरहेको छ । करेन्ट लागेर दुवै खुट्टा, मुत्रनली, अण्डाकोष र दुवै हात जलेर गम्भीर घाईते भएका ईश्वरराजको मंगलबार किर्तिपुर अस्पतालमा दाँया खुट्टाको अप्रेशन भएको बताईएको छ ।

उपचारमा संलग्न चिकित्सकले विकको अर्को खुट्टा, मुत्रनली, अण्डाकोष र दुवै हातको अप्रेशन गर्नुपर्ने बताएका छन् । चरणबन्द रुपमा छोराको शरिरका विभिन्न अंगहरुको अप्रेशन गर्न घरको आर्थिक अबस्थाले आफुलाई साथ नदिएको उनका बुवा राम बहादुरले बताएका छन् । कम्जोर आर्थिक अबस्था भएका दलित समुदायका राम बहादुरले गहंभरी आँशु निकाल्दै भने–‘सबै भन्दा प्रिय सन्तान कान्छो छोरालाई म बचाउन चहान्छु, करेन्टको प्रवाहले शरिरका विभिन्न अंगहर जलेर खग्रास भएका छन् । अप्रेशन गरेर छोराका सबै अंगहरुलाई स्वचालित अबस्थामा राख्न चहान्छु तर, मेरो आर्थिक अबस्थाले साथ दिएको छैन, मेरो छोराको उपचारको लागि सबैले सहयोग गरिदिन हुन् म अपिल गर्दछु ।’

छोराको उपचार खर्च जुटाउनका लागि आफुसंग कुनै राजनीतिक पहुँच नभएको बताउदै राम बहादुरले देशलाईनै नयाँ प्रभाव दिनसक्ने रुकुमपश्चिमकै जनार्दन शर्मा जस्ता प्रभावशाली नेता भएता पनि आफ्नो समस्यालाई दिएर जनार्दनसम्म पुग्न सक्ने हैसियत राख्न नसकेको दुखेसो पोख्ने गरेका छन् । ५ बर्षिय नाबालक छोरा ईश्वरराजको उपचारका लागि सहयोग गर्न चहाने मनकारी सहयोगी दाता तथा सहयोगी मनहरुले एम्रेष्ट बैंक लिमिटेडमा राम बहादुर विकको नाममा रहेको खाता नम्बर ०३१००५०१२०८९०२ मा वा फोन पेय गर्नका लागि ९८६६९१९०२२ मा सम्पर्क गर्न सबैलाई विकले अनुरोध गरेका छन् ।

प्रतिकृया दिनुहोस्