Hamro Sanchar

गजलः मेरो रहरको स्वर्ग

–भवानी शाही प्रकाशित : २०८०/३/३ गते
भेरी नगरपालिका–७ जाजरकोट

तिम्रो हृदयले छोडेको प्रीत समेटेर आउँला,
म पनि तिमीलाई भेट्न स्वर्ग एकफेर आउँला ।

मुर्दा शरीरले सजिएको स्वर्गको आकृति हेर्न,
तिम्रा मप्रतिका अधुरा सपना भेटेर आउँला ।

हरपल छोरी पुकारेको ध्वनि प्रतीत हुने,
्आँकुरा भाँचिएको अतित सम्झेर आउँला ।

माँ ! मभन्दा बढि तिम्लाई लोभ्याउने त्यो,
स्वर्गमा मुर्दा ब्युझी फर्किने गरेर आउँला ।

२०८० जेठ १५ ।
(गजलकार शाही निम्न माध्यामिक विद्यालयकी शिक्षिका हुन् ।)

प्रतिकृया दिनुहोस्