News Portal

छेडागाड नगरपालिकामा सहयात्रा दोस्रो परियोजनाको अर्धबार्षिक समिक्षा

३३८ पटक

छेडागाड नगरपालिकामा सहयात्रा दोस्रो परियोजनाको अर्धबार्षिक समिक्षा सम्पन्न भएको छ । मंगलबार परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न गरेर परियोजनाको अर्धबार्षिक समिक्षा सम्पन्न गरिएको हो ।

पाँचतारा युवा संरक्षक मन्च जाजरकोट र सेभ द चिल्ड्रेनको आर्थिक तथा प्राबिधिक सहयोगमा सन्चालित सहयात्रा दोस्रो परियोजनाको अर्धबार्षिक समिक्षा सम्पन्न भएको हो । नगर परियोजना सल्लाहकार समितीका संयोजक तथा छेडागाड नगरपालिकाका उपप्रमुख चन्द्र बहादुर थापाको अध्यक्षतामा परियोजनको अर्धबार्षिक समिक्षा सम्पन्न गरिएको थियो ।

अर्धबार्षिक समिक्षामा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गंग बहादुर रोकाय, वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, नगरपालिकाका बिषयगत शाखाका प्रमुख, प्रहरी कार्यालयका प्रमुखको सहभागिता रहेको थियो । सेभ द चिल्ड्रेनका परियोजना संयोजक चेतराज पाध्याय र जगदिश सिंह, पाँचतारा युवा संरक्षक मन्च जाजरकोटका कार्यसमिती सदस्य गिता शाही, संस्थाका निमित्त कार्यक्रम व्यवस्थापक कुबेर केसी लगायत अन्य कर्मचारीहरुको सहभागिता रहेको थियो ।

समिक्षामा सन् २०२३ को ६ महिनामा सहयात्रा दोस्रो परियोजनाले संचालन गरेका सबै क्रियाकलापहरुले हासिल गरेका उपलब्धीहरुको बारेमा छलफल गरिएको थियो । साथै समिक्षामा आगामी दिनमा परियोजनालाई अझ बढि प्रभाबकारी बनाउन गर्नुपर्ने कामका बारेमा छलफल गरिएको थियो । समिक्षामा चेतराज पाध्यायले सेभ द चिल्ड्रेनको स्थापनाको ऐतिहासिक पृष्ठभुमी, मान्यताको बारेमा जानकारी गराएका थिए भने पाँचतारा युवा संरक्षक मन्च जाजरकोटका निमित्त कार्यक्रम व्यवस्थापक कुबेर केसी र कृष्ण कार्कीले परियोजनाले संचालन गरेका बालमैत्री स्थानीय शासन, बाल संरक्षण र शिक्षा अन्तरगत संचालन गरिएका क्रियाकलापहरु तथा उपलब्धीहरुको बारेमा प्रस्तुतीकरण गरेका थिए । समिक्षामा परियोजना अन्तरगतका क्रियाकलापहरु तथा उपलब्धीहरुको बारेमा ग्यालेरी प्रस्तुतीकरण पनि गरिएको थियो । सहभागीहरुले परियोजनाले संचालन गरेका क्रियाकलापबाट हासिल गरिएका उपलब्धीहरुको बारेमा जिज्ञासा राखेका थिए । आगामी दिनमा थप सुधार गर्नुपर्ने पक्षमा सहभागीहरुले सल्लाह तथा सुझाबहरु राखेका थिए ।

नगरपालिकाको शैक्षिक स्तर अभिबृद्धि गर्न, बाल अधिकार शासनको प्रत्याभुति गर्न, बाल संरक्षण गर्नमा अतुलनिय योगदान गरेको भनाई राख्दै कार्यक्रमहरुलाई सरोकारवाला सबैले अपनत्व लिनुपर्नेमा सहभागीहरुले जोड दिएका थिए । परियोजनाले संचालन गरेका राम्रा अभ्यासहरुलाई दिगो बनाउन सबैले हातेमालो गर्नुपर्नेमा सहभागीहरुले बिशेष जोड दिएका थिए ।

अर्धबार्षिक समिक्षा बैठक सान्र्दभिक भएको बताउदै नगर उपप्रमुख चन्द्र बहादुर थापाले अर्धबार्षिक समिक्षाले स्थानीय सरकार लक्षित बर्गप्रति र कार्यक्रमप्रति जिम्मेवार हुनुपर्ने कुराको बोध भएको भनाई राखेका थिए । नगरपालिकाले समग्र अनुगमनलाई पनि यसरीनै प्रस्तुती गर्नुपर्ने आत्मबोध भएको बताउदै उपप्रमुख थापाले बिपन्न बर्ग बिशेष गरी बिपत्तीको समयमा परियोजनाको महत्व बढ्दै गएको बताएका थिए । परियोजनाले अति प्रशंसनिय कामहरु गरेको बताउदै उपप्रमुख थापाले आगामी दिनमा परियोजनाका कार्यक्रमहरुसंग समन्वय तथा सहकार्य र हातेमालो गरेर अगाडी बढ्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।

स्वास्थ्य क्षेत्रमा परियोजना मार्फत बिद्यालय नर्सको क्षमता बिकास गर्न संस्थाले राम्रो काम गरेको बताउदै जनस्वास्थ्य निरिक्षक राम बहादुर थापाले परियोजनामा स्वास्थ्य सम्बन्धीका कार्यक्रमहरु थप्नुपर्नेे भनाई राखेका थिए ।

परियोजनाको सहयोगमा छेडागाड नगरपालिकामा शिक्षा लगायत महत्वपूर्ण नीतिहरु निर्माण गर्न सफल भएको बताउदै नगरपालिकाका बिद्यालय समन्वयकर्ता टेक बहादुर थापाले तिनको कार्यान्वयनमा सबैले सहयोग रहनुपर्ने भनाई राखेका थिए । गुणस्तरिय शिक्षाका लागी अर्धबार्षिक समिक्षाले मद्दत गरेको बताउदै थापाले संयुक्त रुपमा बिद्यालय अनुगमन गरी शैक्षिक अबस्थाको निरिक्षण गर्नुपर्नेमा जोड दिएका थिए ।

प्रतिकृया दिनुहोस्