News Portal

भेरी नगरपालिकाद्धारा चोकको नामाकरण

८६९ पटक

भेरी नगरपालिकाले चोकको नामाकरण गरेको छ । २०७९ माघ २७ गते सम्पन्न नगरसभाले गरेको निर्णय अनुसार नगरपालिकाले चोकको नामाकरण गरेको हो ।

भेरी नगरपालिका–४ बोहोरा स्थित शिक्षा विकास तथा समन्वय इकाई, जाजरकोट र उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जाने बाटोको चोकलाई नगरपालिकाले नामाकरण गरेको हो । उक्त चोकको नाम नगरपालिकाले पदम चोक राखेको छ ।

पहिले गर्खाकोट गाविस वडा नं. ४ हाल भेरी नगरपालिका–४ बोहोराका स्थायी बासिन्दा पदम बहादुर खत्रीको नामबाट उक्त चोकको नामाकरण गरिएको भेरी नगरपालिकाले जानकारी दिएको छ । ६७ बर्षिय पदम बहादुर खत्रीले तत्कालिन जिल्ला शिक्षा अधिकारी गिरीमान थापाको सहजीकरणमा अर्का जिल्ला शिक्षा अधिकारी विष्णुनारायण श्रेष्ठको पालामा तत्कालिन बिनी मान बहादुर गिरी र यज्ञश्वर खत्रीको पालामा जिल्ला शिक्षा कार्यालयलाई ३ रोपनी जग्गा दान गरेका थिए । २०७१ साल असोज ३१ गते तत्कालिन जिल्ला शिक्षा कार्यालयको नाममा खत्रीले ३ रोपनी जग्गा पास गरेपछि सोही जग्गामा शिक्षा विकास तथा समन्वय ईकाइको कार्यालय भवन निर्माण गरिएको छ । सोही कार्यालयमा जाने बाटोको चोकलाई नगरपालिकाले खत्रीकै नामबाट नामाकरण गरेपछि उक्त चोकको लागि पुनः जग्गा दान गरी प्रतिक्षालय निर्माण गर्ने योजनामा रहेको खत्रीले बताएका छन् ।

खच्चर्ड ढुवानी पेशाबाट अगाडी बढेका पदम बहादुर खत्री आर्मी व्यारेकको रासन ठेक्कामा पेटी ठेकेदार भएर काम गरेका थिए । खुद्रा थोक विक्रेता, खानेपानी उपभोक्ता समितिका अध्यक्षको अनुभव हासिल गरेका खत्री विगत केही बर्ष पहिलादेखि खलंगा स्थित माथिल्ला थाप्लेमा संचालनमा रहेको गोल्डेन एनपी बोर्डिङ्गका संचालक पनि हुन् । २०७५ सालमा नगर शान्ति समितिका संयोजक समेत बनिसकेका खत्रीका बाबुको नाम बीर बहादुर खत्री हो भने, श्रीमतिको नाम रत्नदेवी खत्री हो । लक्ष्मी खत्री, उषा खत्री, सहारा खत्री र कृपा खत्री उनका छोरीहरु हुन भने, सिमन खत्री उनका छोरा हुन् ।

प्रतिकृया दिनुहोस्