News Portal

जिल्ला समन्वय समितिको आन्तरिक समिक्षा सम्पन्न

२४१ पटक

जिल्ला समन्वय समिति, जाजरकोटले आन्तरिक समिक्षा गरेको छ । चालु आर्थिक बर्ष २०७९÷०८० मा कार्यालयले कार्य सम्पादन प्रतिवेदन सहित सुक्रबार जिल्ला समन्वय समिति, जाजरकोटले आन्तरिक समिक्षा गरेको हो ।

जिल्ला समन्वय समितिको कार्यालयले आयोजना गरेको आन्तरिक समिक्षा कार्यक्रममा कार्यालयमा जम्मा १३ जना कर्मचारी कार्यरत रहेको जानकारी दिदै जिल्ला समन्वय अधिकारी कृष्ण प्रसाद जैसीले जिल्ला समन्वय समितिको कार्यालयले कार्यसम्पादन गरेको प्रतिवेदन प्रस्तुत गरेका थिए । चालु आर्थिक बर्षमा कार्यालयले बार्षिक र अर्धबार्षिक गरेर दुई पठक समिक्षा गोष्ठी सम्पन्न गरेको जानकारी दिदै समन्वय अधिकारी जैसीले जिल्लाका सबै पालिकाहरुको संस्थागत स्वमुल्याङ्कणको अनुगमन गरिएको जानकारी दिएका थिए । त्यसैगरी कार्यालयले जिल्लाका ७७ वटै वडाका वडाअध्यक्षहरुलाई दुई दिने क्षमता विकास तालिम संचालन गरेको समन्वय अधिकारी जैसीले बताएका थिए ।

कार्यालयले कृषि, भेटनरी, खानेपानी, सिंचाई तथा उर्जा, सामाजिक बिकास, उद्योग तथा उपभोक्ता हित लगाएतका बिषयगत कार्यालयबाट कार्यसम्पान गरिएका अन्य पूर्वाधार विकास लगाएत स्थानीय तहबाट कार्यसम्पादन गरिएका कामहरुको अनुगमन गरिएको जानकारी दिएका थिए । जिल्लामा गरिएको अनुगमन तथा मुल्याङ्कणको रिर्पोट प्रदेशलाई गरिएको जानकारी दिदै समन्वय अधिकारी जैसीले अनुगमन तथा मुल्याङ्कणबाट निकालिएको निस्कर्ष अनुसार कारबाहीको लागि जिल्ला समन्वय समितिको कार्यालयलाई सिफारिस गर्न पाउने व्यवस्था नहुदा कार्यालयको काम प्रभावकारी बन्न नसकेको भनाई राखेका थिए ।

विकास र समृद्धिको लागि राजनीतिक नेतृत्वले गरेको परिकल्पनालाई साकार रुप दिन प्रशासनिक नेतृत्वको महत्वपूर्ण भुमिका हुनुपर्ने प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले भनाई राखेका थिए । जाजरकोट जिल्लामा कर्मचारीहरुको आकर्षण बढ्न नसकेको बताउदै प्रजिअ महतोले कर्मचारीहरुको आकर्षणलाई बढाउन सकेमा जिल्लामा विकासको गतिले नयाँ फट्को माने भनाई राखेका थिए ।

जिल्ला समन्वय समितिको कार्यालय भनेको सुशासन प्रवद्र्धन गर्ने कार्यालय भएको बताउदै जिल्ला समन्वय समितिका सदस्य खडक बिसीले विकासे कार्यालयको तुलतामा सुशासन प्रवद्र्धन गर्ने कार्यालय भएको हुदा जिल्ला समन्वय समितिको कार्यालयको आकर्षण बढ्न नसकेको भनाई राखेका थिए । अनुगमनका क्रममा जिल्लाको शैक्षिक अबस्था निकै कमजोर देखिएको समन्वय समितिका सदस्य बिसीले बताएका थिए ।

जिल्ला समन्वय समितिका प्रमुख काली बहादुर खत्रीको अध्यक्षतामा सम्पन्न भएको आन्तरिक समिक्षामा उपप्रमुख दल बहादुर सिंहले स्वागत भाषण गरेका थिए भने, समन्वय समिति सदस्य खडक बिसीले कार्यक्रम संचालन गरेका थिए । उक्त आन्तरिक समिक्षा कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु, पत्रकार र अन्य कार्यालय प्रमुखहरुको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्