News Portal

भत्कियो भानुभक्त मावि लहँको फिल्ड वाल

५०२ पटक

भानुभक्त माध्यामिक विद्यालय, नलगाड नगरपालिका–४ लहँको फिल्ड वाल भत्किएको छ । अविरल बर्षाले जमिन गल्किएपछि भानुभक्त माविको फिल्ड वाल भत्किएको हो ।

६ कक्षादेखि १२ कक्षासम्मको पढाई भईरहेको भानुभक्त मावि लहँको फिल्ड वाल यही असार ११ गते राति आएको अविरल बर्षाले भत्काएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र चन्दले जानकारी दिएका छन् । अध्यक्ष चन्दले दिएको जानकारी अनुसार रातिको बर्षाले ४५ मिटर भन्दा बढि विद्यालय फिल्डको मेसिनरी वाल भत्किएको छ । विद्यालय फिल्डको मेसिनरी वाल भत्किएपछि विद्यालयको मन्दिर भत्किन सक्ने अबस्थामा पुगेको छ अध्यक्ष चन्दले भने–“फिल्डको वाल भत्किएपछि तत्कालै विद्यालय भवन जोखिममा नभएतापनि कपुर, मयुरपंखी, ओखर लगाएतका प्रजातिका २०० भन्दा बढि विरुवाहरु नष्ट भएका छन्, फिल्डमा थप विरुवा र फुलहरु रोपन गर्ने योजनामा विद्यालय थियो, फिल्ड भत्किएपछि विद्यालयको तत्कालिन योजना स्थगित भएको छ ।”

४५० भन्दा बढि विद्यार्थीहरुले दैनिक अध्ययन गरिरहेको विद्यालयको फिल्ड वाल भत्किएपछि बर्षे विदा पश्चात विद्यालयको अध्ययन तथा अध्यापन कार्यमा असहता पैदा हुने अध्यक्ष चन्दले बताएका छन् । कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको २५ लाख र प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको १५ लाख बजेटमा आर्थिक बर्ष २०७८÷०७९ मा उक्त विद्यालयको फिल्ड वाल निर्माण गरिएको अध्यक्ष चन्दले बताएका छन् ।

प्रतिकृया दिनुहोस्