News Portal

जाजरकोट–डोल्पा यातायात प्रा.ली. को दोस्रो साधारण सभा सम्पन्न

२८४ पटक

जाजरकोट–डोल्पा यातायात प्रा.ली. को दोस्रो साधारण सभा सम्पन्न भएको छ । जिल्ला सदरमुकाम खलंगामा सनिबार जाजरकोट–डोल्पा यातायात प्रा.ली. को दोस्रो साधारण सभा सम्पन्न भएको हो ।

द रातो घर रेष्टुरेन्ट एण्ड बारको सभाहलमा सम्पन्न भएको जाजरकोट–डोल्पा यातायात प्रा.ली. को दोस्रो साधारण सभाले हालसम्म गरिएका कामको प्रगति मुल्याङ्कण तथा समिक्षा गर्नुको साथै आगामी नीति तथा कार्यक्रम पास गर्दै साधारण सभा सम्पन्न भएको हो ।

जाजरकोट–डोल्पा यातायात प्रा.ली.का अध्यक्ष नवराज सिंहको अध्यक्षतामा सम्पन्न दोस्रो साधारण सभाले अध्यक्ष सिंहले पेश गरेको प्रतिवेदनलाई एक मतले पारित गरेको थियो । दोस्रो साधारण सभामा अध्यक्ष सिंहले प्रस्तुत गरेको प्रतिवेदनमा यातायातको टिकट प्रर्णालीलाई व्यवस्थित गर्न नसकेको, व्यवसायीहरुले यातायातको क्षमता भन्दा बढि यात्रुलाई सवार गराउने गरेको, तल्लु बगरको ट्रष्टबृजको निर्माण कार्य सम्पन्न नहुदा जाजरकोट–डोल्पा यातायात संचालनमा ल्याउन नसकेको, मध्यपहाडी लोकमार्गको भेरी पुल नबन्दा र जाजरकोट खण्डको मान्ताभीरको ट्रयाक नखुल्दा मध्यपहाडी लोकमार्गमा यातायात संचालनमा ल्याउन नसकिएको बिषयलाई उल्लेख गरेका छन् ।

प्रस्तुत प्रतिवेदनमा अध्यक्ष सिंहले आगामी बर्षमै प्रा.ली.को नाममा जग्गा खरिद गर्ने, अनलाईन टिकट प्रणालीलाई लागु गर्ने, बैकिंङ्ग प्रणालीबाट कर्मचारीहरुलाई तलव खुवाउने, अपाङ्गता भएका व्यक्तिलाई भाडा छुट गर्ने, विद्युतिय यातायात संचालन गर्ने लगाएतका बिषयहरु आगामी कार्ययोजनामा समावेश गरिएको छ ।

प्रतिकृया दिनुहोस्