News Portal

पानीका मुहानमा बृक्षारोपन गरेर जाजरकोटमा मनाईयो २१० औ भानु जन्मजयन्ती

२९० पटक

पानीका मुहानमा बृक्षारोपन गरेर जाजरकोटमा भानुभक्त आचार्यको जन्मजयन्ती मनाईएको छ । खलंगाको साउनेपानी र निमारे पानीको मुहानमा बृक्षारोपन गरेर नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको २१० औं जन्मजयन्ती मनाईएको हो ।

जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानको आयोजनामा पानीका मुहानमा बृक्षा रोपन गरेर आदिकवि आचार्यको जन्मजयन्ती मनाईएको थियो । भेरी नगरपालिका–४ को निमारे र साउनेपानीमा रहेका पानी मुहान क्षेत्रमा विभिन्न १० प्रजातिका २ सय ५० वढी विरुवाहरु रोपन गरिएको प्रतिष्ठानका अध्यक्ष जनक केसीले जानकारी दिएका छन् ।

वृक्षारोपन कार्यक्रमको शुभारम्भ जिल्ला समन्व्य समिति जाजरकोटका प्रमुख कालीवहादुर खत्री र प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले संयुक्त रुपमा गरेका थिए । वुदवुदिको खानेपानी योजना वन्नु अघि जाजरकोटी राजा र जनताले पिउने पानीको मुहान रहेको साउनेपानीवाट सुरु भएको वृक्षारोपण कार्य सोहि वडाको निमारे स्थित पानीको मुहानमा आएर समापन भएको थियो ।

साउने पानीमा सुरु भएको वृक्षारोपण कार्यक्रममा वोल्दै जिल्ला समन्वय समितिका प्रमुख कालीवहादुर खत्रीले राष्ट्रिय विभुति भानुभक्त आचार्यलाइ सम्झेर जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानले पानीको मुहान क्षेत्रमा वृक्षारोपण गरेर प्रशंसनीय कार्य गरेको वताए । प्रमुख खत्रीले वढ्दो वन विनास र पानीका मुहान सुक्ने समस्या समाधानका लागि यस्ता अभियान सवैतिर व्यापक रुपमा चलाउनुपर्ने भनाई राखेका थिए । यस्तै साउनेपानीमै विरुवा रोप्दै प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले सामाजिक हित र कल्याणका लागि पानीका मुहान जोगाउन जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानले गरेको वृक्षारोपनको कार्य सवैका लागि प्रेरणादायी भएको वताए । यस्तै अभियान सवैले सवैतिर व्यापक रुपमा चलाउन सके मात्र भावि पुस्ताले प्रकृतिवाट सामना गर्ने समस्या हल गर्न सहयोग पुग्ने प्रमुख जिल्ला अधिकारी महोतोले वताए ।

जाजरकोटी प्रकृति र सँस्कृति जोगाउने आफुहरुको अभियान अन्तरगत भानु जयन्तीमा पानीका मुहान क्षेत्रमा वृक्षारोपण गरिएको प्रतिष्ठानका अध्यक्ष केसीले वताए । मासिदै गएको जंगल र सुक्दै गएका पानीका मुहान संरक्षणका लागि युवा पुस्तालाइ अर्थपुर्ण सन्देश प्रवाह गर्न यो कार्यक्रम आयोजना गरिएको अध्यक्ष केसीले वताए । हाम्रो प्रकृति र हाम्रो सस्कृति हामीले नजोगाए कसले जोगाइदिन्छ ? अध्यक्ष केसीले भने ।

प्रतिष्ठानले आयोजना गरेको वृक्षारोपण कार्यक्रममा जिल्ला स्थित सरकारी तथा गैरसरकारी संघ सँस्थाका प्रतिनिधि, सुरक्षा निकाय, पत्रकार, जनप्रतिनिधि, प्रतिष्ठानका पदाधिकारी तथा सदस्यहरु तथा स्थानीय सर्वसाधारणहरुको सहभागिता रहेको थियो । यस अघि प्रतिष्ठानका अध्यक्ष केसीले भेरी नगरपालिका वडा नम्वर ३ स्याँला स्थित अँधेरीखोलाको पानी मुहान क्षेत्रमा एकल रुपमा विभिन थरिका पचास भन्दा वढी विरुवाहरु पनि रोपेका थिए ।

प्रकृति र सँस्कृति जोगाउने अभियान चलाइरहेको जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानले गएको असार ३ र ५ गते पहिलो पटक जाजरकोटी मौलिक लोक सिंगारु नाँच प्रतियोगिता र जाजरकोटी सम्पदाहरुको संरक्षणमा युवा विद्यार्थीहरुको भुमिका विषक वक्तृत्वकला प्रतियोगिता सन्चालन गरेको थियो । प्रतिष्ठानले गरेका विभिन्न अभियानहरुमा विभिन्न क्षेत्रवाट सकरात्मक रुपले साथ प्राप्त भइरहेको अध्यक्ष केसीले वताए ।

प्रतिकृया दिनुहोस्