News Portal

नेपाल प्रहरीको “घर घरमा स्टिकर टाँस अभियान” सुरु

३५८ पटक

नेपाल प्रहरीले जाजरकोटमा “घर घरमा स्टिकर टाँस अभियान” सुरु गरेको छ । प्रहरीसंग सिधा पहुँच विस्तार गर्न जाजरकोट प्रहरीले आईतबारदेखि “घर घरमा स्टिकर टाँस अभियान” सुरु गरेको हो ।

“सुरक्षित कर्णाली विशेष अभियान–२०८०” कर्णाली प्रदेश प्रहरी कार्यालयको नीति तथा कार्यक्रम अनुसार जाजरकोट प्रहरीले आईतबारदेखि “घर घरमा स्टिकर टाँस अभियान” सुरु गरेको हो । जिल्ला समन्वय समितिको सभाहलमा एक विशेष कार्यक्रमको आयोजना गरेर जाजरकोट प्रहरीले “घर घरमा स्टिकर टाँस अभियान” सुरु गरेको छ । भेरी नगरपालिकासंगको समन्वयमा जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी नायव उपरिक्षक सन्तोष रोकाको अध्यक्षतामा आयोजना गरिएको विशेष कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय प्रमुख काली बहादुर खत्री रहेका थिए । कार्यक्रमको विशेष अतिथिमा भेरी नगरपालिकाका उपप्मुख सिता जैसी, प्रमुख जिल्ला अधिकारी राम कुमार महतो रहेका थिए । कार्यक्रममा भेरी नगरपालिकाका सबै वडा अध्यक्षहरु, राजनीतिक दलका प्रमुख तथा प्रतिनीधि, जिल्ला स्थित सरकारी तथा गैरसकारी कार्यालयका प्रमुख तथा प्रतिनीधि, मालिका सामुदायिक सेवा केन्द्रका पदाधिकारी, नेपाल पत्रकार महासंघ जाजरकोट अध्यक्ष लगाएतका व्यक्तिहरु गरी ३५ जनाको सहभागिता रहेको जिल्ला प्रहरी कार्यालय, जाजरकोटले जनाएको छ ।

नेपाल प्रहरीको फोन नम्बर भएको स्टिकर टाँस अभियानको शुभारम्भ तथा उद्घाटन गर्दै प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख र प्रमुख जिल्ला अधिकारीले आ–आफ्नो भनाई राखेका थिए । जिल्ला प्रहरी प्रमुख तथा डिएसी रोकाले “घर घरमा स्टिकर टाँस अभियान” ले सर्वसाधारणलाई हुने फाईदाका विषयमा चर्चा गरेका थिए । जिल्ला प्रहरी कार्यालय मातहत रहेका ईलाका प्रहरी कार्यालय दल्ली र सिमा, प्रहरी चौकी थर्पुभार्मा, जुनीचाँदे, छेडागाड र लिम्साले पनि आईतबारदेखिनै “घर घरमा स्टिकर टाँस अभियान” सुरु गरेको जिल्ला प्रहरी कार्यालय, जाजरकोटले जनाएको छ ।

प्रतिकृया दिनुहोस्