News Portal

पुल नहुदा बालबालिकालाई विद्यालय जान कठिनाई

३८५ पटक

भेरी नगरपालिका–२ तिमिलेमा पुल नहुदा बालबालिकालाई विद्यालय जान कठिनाई भईरहेको छ । बर्षायामको खोला वारपार गर्न नसकिने भएपछि बालबालिकालाई विद्यालय जान कठिनाई भएको हो ।

बाल विकासदेखि कक्षा ५ सम्मको पढाई पुरा गर्नका लागि तिमिलेका बालबालिकाहरु नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा पुग्नु पर्दछ । नेपाल राष्ट्रिय प्राथमिक विद्यालय तिमिले गाउँको इर्जको गलिमा रहेको छ । इर्जको गलिमा रहेको उक्त विद्यालयको सेवा क्षेत्र तिमिले मात्र नभएर, खानदारा, बुझेनी, छेलोहान्ने, गुमथले, डोप्के, सिमामेला लगाएतका टोलहरु रहेका छन् । मनसुनबाट जागेका पानीका मुहानहरु केन्द्रित भएर बग्ने बसुन्धारा खोलाका कारण डोप्के, गुमथले, छेलोहान्ने, बुझेनी लगाएका टोलका विद्यार्थीहरुलाई विद्यालय जान र आउन कठिनाई भईरहेको छ । बसुन्धाराबाट बगेर आएको खोला तर्नका लागि घउँसेनीमा पुलको आबश्यकता रहेको छ नेपाल राष्ट्रिय प्राथमिक विद्यालयका प्रधानाध्यापक बल बहादुर खत्रीले भने–“घउँसेनीमा पुल नहुदा ६० जना भन्दा बढि विद्यार्थीहरु पाँचकाटियाको विद्यालयमा पढ्न गईरहेका छन् ।”

आफ्नो गाउँभन्दा बाहिरको विद्यालयमा बालबालिकाहरुलाई पढ्न पठाउनुपर्ने अबस्था आएपछि गाउँको विकास र समृद्धिको लागि अविभावकहरुको मनोविज्ञान केन्द्रित हुन नसकेको प्रअ खत्रीको भनाई रहेको छ । जनश्रमदानद्धारा स्थानीयले बनाएको काठको थाप्कोबाट त्यहाँका नागरिकहरु वारपार गर्ने गरिरहेका छन् । केही बर्ष पहिले त्यही काठको लाप्कोबाट चिप्लिएर स्थानीय शेर बहादुर वलीको मृत्यु भएको थियो ।

 

प्रतिकृया दिनुहोस्