आज विपी स्मृति दिवस । नेपाली राजनीतिका शिखर पुरुष तथा नेपाली जनताले चुनेका पहिलो प्रधानमन्त्री जननायक विपी कोइराला भौतिक रुपमा अवशान भएको दिन साउन ६ गते । विपी कोइरालाको मृत्यु भएको आज ४१ वर्ष वित्यो । यो ४१ वर्षको समय एउटा समाज र देश निर्माणका लागि निकै प्रयाप्त समय हो । गतिलो नेता, चेतनशील जनता र कानुनी राज भए समृद्धिका लागि एउटा स्वर्ण युग निर्माण गर्ने अवधि हो यो । विपी नेपाली काँग्रेस पार्टीको निर्माता मात्र नभएर नेपालको लोकतन्त्रको समेत मुख्य सुत्रधार हुन । त्यो समयमा राणा र राजावाट शासन खोसेर जनताको हातमा थमाउने काम सजिलो थिएन तर पनि विपीले जनताको सहभागितामा अजेय क्रान्ति सुरु गरेर त्यो काम पुरा गरे । त्यो वेलाको समय र जनतामा न्युन चेतना स्तर हुदा पनि विपीले लोकतन्त्रका लागि अभुतपुर्व जनएकता र दवाव सिर्जना गर्न सफल भए । उनले उ वेलाको मात्र नभइ पछिल्लो नेपाली समय र परिस्थितिलाइ समेत न्यायपुर्ण सम्वोधन हुने प्रकारको राजनैतिक व्यवस्थाको कल्पना गरे । अर्थ व्यवस्थाको कल्पना गरे । स्पष्ट रुपमा भन्नु पर्दा नेपाली माटो सुहाउदो लोकतान्त्रिक समाजवादको विशिष्ट कल्पना गरे । सोहि अनुसार वहुदलीय र वहुलवादी लोकतन्त्र वहाली गर्न सफल पनि भए । त्यसैले उनको नेतृत्व क्षमता र विचार सिद्धान्तको काँग्रेसीहरुले मात्र नभएर कम्युनिष्टहरुले पनि प्रशंसा गर्छन् । तर आज न उनले सुत्रधार गरेको लोकतान्त्रिक शासन जनप्रिय वन्दै गयो न उनले जन्माएको नेपाली काँग्रेस ओजिलो वन्दै गयो । दोषै दोषको भारी वोकिरहेको अहिलेको हाम्रो लोकतन्त्र र विभिन्न घातक रोगले ग्रस्त भएको काँग्रेसको उपचार अहिलेको काँग्रेस नेतृत्ववाट सम्भव छ कि छैन त्यो प्रष्ट भइ सकेको छ । यसका लागि सच्चिनुपर्ने को हो ? त्यो पनि प्रष्ट छ ।
शेरवहादुर देउवा ५ पटक प्रधानमन्त्री हुनु, स्वर्गिय गिरीजाप्रसाद कोइराला वाँचुन्जेल पार्टीको नेतृत्व र सत्ताको वरिपरि भइरहनुलाई असली लोकतन्त्र मान्न थालेकै दिन देखि नेपाली काँग्रेसको विचार सिद्धान्त र आदर्शमा ग्रहण देखिन थालेको जस्तो लाग्छ । एउटा जीवन्त लोकतान्त्रिक पार्टीमा कुनै व्यक्ति वाचुन्जेल पार्टी र सत्ताको नेतृत्वमा रहिरहने अवस्था र वातावरण वन्नु नै त्यो पार्टी लोकतान्त्रिक चरित्रवाट विभुख भएको प्रमाण हो । जुन सुकै प्रक्रिया गरेर भएपनि एकै व्यक्तिलाइ पटक पटक सत्ता र शक्तिको नेतृत्वमा पुरयाउने दासी कार्यकर्ता, विद्यान र प्रक्रियाहरु हामीले देखेको सुन्दर सपना अनि पार्टीको आदर्श र सिद्धान्तका विरुद्ध छन् । एउटा व्यक्ति तीस चालिस वर्षसम्म एकै पद र जिम्मेवारीमा रहन सक्ने अनि जोस जाँगर सपना र आत्मविस्वास वोकेका नयाँ अनुहारहरु पटक पटक जनतामा परीक्षण भएर अयोग्य सिद्ध भएकाहरुको भजन गाँउदै आफनो जवानी र उमेर समयको अग्नीमा सेलाउदै जानु पर्ने कुनै लोकतान्त्रिक अभ्यास हुन्छ ? एक पटक होइन पटक पटक जनताले अस्वीकृत गरेका व्यक्तिहरु पनि छड्के मारेर सत्ता र शक्तिमा पुग्न मिल्ने सँस्कारमा हामीले उन्नत लोकतन्त्रको सफल अभ्यास कसरी गर्न सक्छौं ? जनताको विचमा जादा सधैं विपी कोइरालाको वारेमा वयान गर्छाैं, विपीको नाम भजाएर आफनो राजनीति गोडमेल गर्छाैं तर विपीको योगदानको व्याज जनतावाट असुल्न खोजेर काँग्रेसले हिजोको विरासत फर्काउन सक्छ जस्तो लाग्दैन । आज देशका सामु उभिएका तमाम समस्याहरुवाट जनता ग्रस्त छन् । यो वेला काँग्रेस किन आफनो विचार आदर्श र अडानमा स्पष्ट छैन ? विधि र कानुनी शासनको पक्षधर काँग्रेस, लोकतन्त्रको वलियो पहरेदार काँग्रेस, निरंकुशता, लुट र भ्रष्टाचारको विरुद्धमा लड्नकै लागि भनेर जन्मिएको काँग्रेस अनि पारदर्शिता, सुशासन र संगठित आन्दोलनका लागि स्थापित काँग्रेस आज सारा भातृ सँस्थाहरुको संगठन अस्त व्यस्त र अवैधानिक हुदासम्म किन चुप छ ? आफनो मातहतका भातृ तथा भगिनी सँस्थाहरुलाइ समेत नियमित गर्न नसक्ने पार्टीले देशको समग्र व्यवस्थालाइ सफल नेतृत्व प्रदान गर्न सक्छ भनेर जनताले कसरी विस्वास गर्ने ? पार्टीको महाधिवेशन भइसकेपछि निर्धारित समय भित्र पुरा गर्नु पर्ने जिम्मेवारी पुरा गर्न सकिदैन भने अरु राष्ट्रिय कार्यभार कसरी पुरा गर्न सकिएला ? आफनै पार्टी भित्रको गुट र उपगुटलाइ समाप्त गर्न गतिलो नेतृत्वसीप देखाउन सकिदैन भने राष्ट्रिय एकता र मेलमिलापका लागि कसरी भुमिका निभाउन सकिएला ? जनआन्दोलन र जनक्रान्तिको भरभराउदो प्रभाव र तेज कायमै रहेको जस्तै गरि जनताको विचमा गएर विपीको योगदान र पार्टीको इतिहास भटटयाउनु अघि २००७ साल र २०४६ साल देखि २०८० साल विचको दुरीको हिसाव गर्ने कि नगर्ने ? जनताको आवाज वोल्दा वोल्दै या जनताको एजेण्डाका लागि लड्दा लड्दै जेल परेर छुटेका नेताहरुको जस्तो क्रान्तिकारी सोच र नेतृत्व क्षमता अहिले कोहिसंग देखिएको छैन । हिजो विपी थिए र काँग्रेस जन्मियो । हिजो गणेशमान, कृष्णप्रसाद र सुवर्ण सम्शेर थिए र पो काँग्रेस फल्यो फुल्यो तर आज को छ ? मुलुकमा अहिले राष्ट्रिय स्वतन्त्र पार्टीले स्थापनाको ६ महिनामै यत्रो जनमत सहित संसदमा कसरी आयो ? विभिन्न स्थानहरुमा स्वतन्त्र उम्मेदवारहरु प्रति जनताको आकर्षण किन वढ्यो ? काँग्रेस लगाएतका पार्टीहरु प्रति किन घट्दै गयो ? काँग्रेसको जनमत भारि मात्रामा कम्युनिष्टतिर कसरी गयो ? यी सवालहरु जनता र नयाँ युवाहरुले उठाए भने के जवाफ दिने ? हिजोको काँग्रेस र आजको काँग्रेसमा आकास पाताल सम्मको दुरी कसरी कायम भयो ? हिजोका नेताहरुको चरित्र र त्याग र व्यवहार र आजका नेताको चरित्र त्याग र व्यवहारमा फरक आउनुको कारण के हो ? के यी प्रश्नको उत्तर विपीको योगदान र पार्टीको इतिहास भटट्याएर मात्र दिन सकिन्छ ? काँग्रेस जन्मिदै गर्दा कल्पना गरिएको लोकतन्त्र र अहिले भोगिरहेको लोकतन्त्रका विचमा यति धेरै फरक किन ? यी प्रश्न र सवालहरु आम जनमानसमा खरो रुपमा जागिरहेका छन् ।
हिजोका नेतासंग सपना थियो योजना थियो । उनीहरुमा इमानदारीता थियो अनि पदलोलुप व्यवहार थिएन त्यसैले ठुलो र असम्भव ठानिएका क्रान्ति पनि सफल गरे । आज त्यसको खडेरी किन पर्यो ? के नेपाली जनताको लडाइ राजतन्त्रका विरुद्ध मात्र हो ? के नेपाली जनताका दुश्मन राजा र राणा मात्र हुन ? गरिवीका विरुद्ध हामीले लड्ने कहिले हो ? भ्रष्टाचार र अन्तर्राष्ट्रिय तत्वहरुका विरुद्ध जनआन्दोलनको आँधीवेहरी सृर्जना गर्ने कहिले हो ? गरिवी र वेरोजगारीले आक्रान्त भएर रुदै देश छोड्न वाध्य लाखौं युवाहरुलाइ यहि देशमा वसाल्न गतिलो योजना ल्याउने कहिले हो ? परनिर्भरताका विरुद्ध लड्ने कहिले हो ? लोकतन्त्रका नाउँमा जनता र देश लुटि रहेकाहरुका विरुद्ध लड्ने कहिले हो ? जनताका सपना र आसाहरुमा लोकतन्त्रको खोल ओढेर वारम्वार प्रहार गरिरहेका राजनैतिक धमिराहरुका विरुद्ध क्रान्तिको शंखघोष गर्ने कहिले हो ? यी प्रश्न र सवालहरुको जवाफ दिन अहिलेको काँग्रेसले अघि सारेको राष्ट्रिय ऐजेन्डा खोजिरहेको छ नयाँ पुस्ताले । देशको वदलिदो आवस्यकतामा जनअपेक्षाले पार्टी र पार्टीको नेतृत्ववाट कार्य केन्द्रित शैली र व्यवहार खोजेको छ ।
आज राज्यका संयन्त्र हेर्याे चित्त वुझाउने ठाउँ छैन । सरकारी सेवा प्रवाहको अवस्था हेर्याे जनताले रुने वाहेक अर्काे विकल्प छैन । विकासको अवस्था हेर्याे लुट, शोसन र अनियमितता नभएको ठाउँ कतै छैन । नाम मात्रको सार्वभौम नागरिक भएर एउटा कुनावाट राज्य र व्यवस्था भित्रका वेथितिहरु हेर्नु वाहेक जनतासंग अर्काे विकल्प छैन । यो वेला विपिले अघि सारेको लोकतान्त्रिक समाजवादको वयान गरेर होइन समय सुहाउदो एजेण्डा शसक्त रुपमा कार्यान्वयन गरेर मात्र काँग्रेसको हित जोगिन सक्छ ।
राज्य, सरकार र व्यवस्थाप्रति आसा गर्ने ठाउँहरु जनताका लागि खुम्चिदै गएका छन् । न्यायलय हेर्याे गरिवहरुले न्याय पाउछु भन्नु आकासको तारा पोल्टामा आउला भन्नु जस्तै छ । पैसा नहुने, पावर र पहुच नहुने सर्वसाधारण जनताहरु आफुलाइ आइपरेको अन्यायका विरुद्ध मुद्धा लड्नु भन्दा जस्तो सुकै अपराध सहेर वस्न वाध्य छन् । यो वेला हो काँग्रेसको भुमिका जनताले खोजेको ।
हामीले ठुलो क्रान्ति गरेर ल्याएको लोकतन्त्रमा जनताले कुनै सुरक्षाको अनुभुति गर्न सकेका छैनन् । आफैले जिताएका नेतासंग विपन्न जनताले निर्धक्क भएर मन खोल्ने अवसर पाउदैनन् । गरिवको पक्षमा पुलिस छ भन्नु पनि छैन, न्यायाधिश वकिल छन् भन्नु पनि छैन । गरिव मारिएको, लुटिएको कुटिएको प्रमाण यो राज्य व्यवस्थाले फेला पार्न सक्दैन । यो वेला काँग्रेसले जनआकांक्षा सम्वोधनको वाटो लिनु पर्छ ।
एउटा सानो वालक या वालिकालाइ पढेर के गर्छाै भनेर सोध्यो भने उनीहरुको निर्धक्क जवाफ हुन्छ विदेश जाने हो । किन जाने विदेश भनेर सोधे उनीहरुको जवाफ हुन्छ नेपालमा जागिर पाइदैन विदेश नगए यो देशमा वेकामको भइन्छ । एउटा कलिलो मुना, देशको भविष्य वोक्ला भन्ने वालवालिकाले यसरी देश, सरकार र राज्य व्यवस्था प्रति भरोसा नै नगरेर दिल दिमागमा विदेश राख्नु के हाम्रो लोकतन्त्रको सफलता हो ? यो वेला काँग्रेसको ऐजण्डाले त्यो कलिलो वालक र युवाको विदेशिने सोच वदल्न सक्नु पर्छ ।
एउटा गरिव मारिदा लुटिदा कुटिदा अपराधीहरु खुलेआम डुल्न सक्ने हुनु कस्तो कानुनी शासन हो ? अनियमितता, भ्रष्टाचार विना कुनै विकासका काम हुन नसक्नु जनताले चाहेको शुसासनको नयाँ मोडेल हो ? सेवा लिन सरकारी कार्यालय गएका जनता हैरानी खेपेर घर फर्किनु के लोकतन्त्रको शोभा हो ? यो वेला काँग्रेस जनतासंगै हुनु पर्छ ।
अव विपीको वयान जनतालाइ सुनाएर काँग्रेस मजवुत वनाउन सकिन्छ भन्ने प्रत्यक काँग्रेसी नेता कार्यकर्ताले त्याग्नुपर्छ । एक्सन वरिन्टेड नेतृत्व र पार्टी संगठन भए मात्र काँग्रेसलाइ सवै हिसावले पुनर्जिवन दिन सकिन्छ । अरुलाइ लोकतन्त्रको पाठ पढाउनु अघि आफैले राम्रो गरि पढ्न जरुरी छ । विपिको योगदानको व्याजले काँग्रेस चल्ने दिन सकिएको छ । अव विपिको आदर्श हिम्मत र सिद्धान्तलाइ इमान्दारीताका साथ पार्टी जीवन र व्यक्तिगत जीवनमा उतारेर सुनौलो काँगे्रस निर्माण गर्न सकिन्छ नत्र विपीको व्याजले मात्रै काँग्रेस चलाउन गाह्रो भइसकेको छ । महामानव विपी प्रति हार्दिक श्रद्धान्जली ।
(लेखकः केसी नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य हुन् ।)