Hamro Sanchar

गजल–मेरो भोट बिर्सियौं कि ?

–कर्ण बहादुर वली प्रकाशित : २०८०/४/१६ गते
नलगाड नगरपालिका–३ कट्के, हाल कतार

मेरो गाउँले तिमीलाई दिएको भोट बिर्सियौं कि ?,
तिमीले माटो छोएर गरेको अठोट बिर्सियौं कि ? ।

व्यबहारमा पुष्टी नहुने कुरा गर्दा तिमीलाई पनि,
पंचेहरुलाई जस्तै लगाएको खोट बिर्सियौ कि ? ।

कहाँ पुगे आकाश चुम्ने आदर्शका ति तिम्रा कुरा,
चुनावी सरगर्मीमा लगाएको न्यानो कोट बिर्सियौ कि ? ।

मखमली फुल सम्झी जोगाउन, फलाउन र फैलाउन,
मतदाताले मतपेटिकामा लगाएको बोट बिर्सियौ कि ? ।

नदीनाला बिक्रि हुदै गएको देशका सिमाहरु खुम्चिएपनि,
नेपालको माटोले पाएको पीडायुक्त चोट बिर्सियौ कि ? ।

प्रतिकृया दिनुहोस्