News Portal

भेरी र नलगाडमा अपाङ्गता भएका व्यक्ति र संकटासन्न व्यक्तिहरुको पहुँच बृद्धि परियोजना

६४८ पटक

जिल्लाको भेरी र नलगाड नगरपालिकामा अपाङ्गता भएका व्यक्ति तथा संकटासन्न व्यक्तिहरुको पहुँच बृद्धि परियोजना संचालनमा आएको छ । हेण्डक्याप अन्तर्राष्ट्रिय फाउण्डेशनको आर्थिक सहयोगमा पाँचतारा युवा संरक्षक मञ्च, जाजरकोटले अपाङ्गता भएका व्यक्ति तथा संकटासन्न व्यक्तिहरुको पहुँच बृद्धि परियोजना संचालनमा ल्याएको हो ।

सन् २०२३ को अगष्टबाट संचालनमा आएको अपाङ्गता भएका व्यक्ति तथा संकटासन्न व्यक्तिहरुको पहुँच बृद्धि परियोजनाले भेरी र नलगाड नगरपालिकामा ५९ महिनासम्म क्रियाशिल रहने हेण्डक्याप अन्तर्राष्ट्रिय फाउण्डेशन नेपाल व्यवस्थापक महेन्द्र विक्रम शाहले जानकारी दिए । आईतबार जिल्ला सदरमुकाम खलंगामा आयोजित परियोजना परिचयात्मक कार्यक्रममा परियोजना सम्बन्धि जानकारी दिदै व्यवस्थापक शाहले परियोजनाले अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य, शिक्षा, आर्थिक तथा वित्तिय अधिकारमा पहुँच बृद्धि गर्न विभिन्न क्रियाकलापहरु संचालन गर्ने बताएका थिए ।

अपाङ्गता भएका व्यक्तिहरुको अबस्था हेरी फिजोथेरापि, विभिन्न शल्यक्रिया शिवीर संचालन गर्ने, सहायता सामाग्री वितरण, सरकारले निर्धारण गरेको पोर्टोकल अनुसार वर्गिकृत अपाङ्गता परिचय पत्र वितरण, अपाङ्गमैत्री सार्वजनिक भौतिक संरचना निर्माण गर्ने लगाएकाका क्रियाकलापहरु परियोजनाले संचालन गर्ने व्यवस्थापक शाहले बताएका थिए । संकटासन्न व्यक्तिहरुको पहँुचबृद्धि गर्न परियोजनाले जलवायु परिवर्तनका क्षेत्रमा पनि काम गर्ने व्यवस्थापक शाहले बताएका थिए । परियोजनाले अपाङ्गता भएका व्यक्तिहरुको पहँुच बृद्धि गर्न भेरी नगरपालिकाका १३ र नलगाड नगरपालिकाका १३ गरी जम्मा २६ वटा वडामा काम गर्ने भएको छ भने, संकटासन्न व्यक्तिहरुको पहुँच बृद्धि गर्न नलगाड नगरपालिकाका २ वटा र भेरी नगरपालिकाका २ वटा गरी जम्मा ४ वटा वडामा काम गर्नै भएको छ । संकटासन्न व्यक्तिहरुको पहुँच बृद्धि गर्न परियोजनाले यो भन्दा पहिलेनै नगरपालिकाले निर्माण गरेका स्थानीय अनुकुलन योजना (लापा) भित्रै रहेर काम गर्ने व्यवस्थापक शाहले बताएका थिए । जलवायु परिवर्तनका क्षेत्रमा परियोजनाले काम गर्ने २ वटा वडा छनौट गर्नका लागि सम्बन्धित पालिकाको कार्यपालिकाको बैठकले औपचारिक निर्णय गरि वडा छनौट गर्नु पर्ने व्यवस्थापक शाहले बताएका थिए ।

स्वास्थ्य सेवा कार्यालय, जाजरकोट अन्तरगत उपचार शाखामा फिजोथेरापि सेवा संचालनमा रहेको बताउदै व्यवस्थापक शाहले फिजोथेरापि सम्बन्धिका सामाग्री हस्तान्तरण गर्ने तथा जनशक्ति नियुक्ति गर्ने कार्यक्रम नलगाड नगरपालिकामा मात्र रहेको जानकारी दिएका थिए । भेरी नगरपालिका र नलगाड नगरपालिकामा ५९ महिनामा काम गर्ने परियोजनाको कुल बजेट ३ करोड २४ लाख ५६ हजार ३८५ रहेको व्यवस्थापक शाहले बताएका थिए । परियोजनाले परिकल्पना गरे अनुसारका क्रियाकलापहरु कार्यान्वयनमा ल्याउन नगरपालिकाले पनि बजेट म्याचिङ्ग गर्नुपर्ने शाहले बताएका थिए ।

राष्ट्रिय जनगणना २०८ अनुसार ३७ हजार ८९२ कुल जनसंख्या रहेको भेरी नगरपालिकामा २ हजार ४७ जना विभिन्न प्रकृतिका अपाङ्गता भएका व्यक्तिहरुको संख्या रहेको छ । भेरी नगरपालिकाको कुल जनसंख्यामा ५.४ प्रतिशत अपाङ्गता भएका व्यक्तिहरु रहेका छन् । त्यसैगरी २८ हजार ९२२ कुल जनसंख्या रहेको नलगाड नगरपालिकामा १ हजार ४१७ जना विभिन्न प्रकृतिका अपाङ्गता भएका व्यक्तिहरुको संख्या रहेको छ । नलगाड नगरपालिकाको कुल जनसंख्यामा ४.९ प्रतिशत अपाङ्गता भएका व्यक्तिहरु रहेका छन् ।

पाँचतारा युवा संरक्षक मन्च, जाजरकोटका उपाध्यक्ष आशा कार्कीको अध्यक्षतामा आयोजित परियोजना परिचयात्मक कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समितिका उपप्रमुख दल बहादुर सिंह रहेका थिए भने, विशेष अतिथिमा भेरी नगरपालिकाका उपप्रमुख सिता जैसी रहेकी थिईन । कार्यक्रमको संचालन पाँचतारा युवा संरक्षक मञ्च, जाजरकोटका कार्यकारी निर्देशक पुष्पराज खतिवडाले गरेका थिए भने, पाँचतारा युवा संरक्षक मञ्च, जाजरकोटका सचिव रामचन्द्र ज्योतिले स्वागत भाषण गरेका थिए ।

प्रतिकृया दिनुहोस्