News Portal

सेवा सुरु भएपछि थाइराइडका विरामीहरु उपचार गर्न जिल्ला भन्दा बाहिर जानुपर्ने अबस्थाको अन्त्य

५३७ पटक

स्वास्थ्य सेवा कार्यालय जाजरकोटको उपचार शाखा अन्तरगत रहेको ५० शैयाको जाजरकोट अस्पतालले थाइराइड परीक्षण तथा उपचार सेवा संचालनमा ल्याएको छ । अस्तव्यस्त अबस्थामा थन्काईएको मेशिनलाई जडान गर्नुको साथै मेशिन संचालन सम्बन्धि दक्ष जनशक्ति व्यवस्थापन गरेर जाजरकोट अस्पतालले मंगलबारदेखि परीक्षण सेवा संचालन गरेको हो ।

परीक्षणसंगै उपचारको लागि सुर्खेत, नेपालगञ्ज जस्ता जिल्ला भन्दा बाहिर गएर थाइराइडका विरामीहरुले तीन चार दिनको सास्ती खेप्नुपर्ने अबस्थाको अन्त्य भएको स्वास्थ्य सेवा कार्यालय जाजरकोटका निमित्त व्यवस्थापक डा. प्रतिक्षा भारतीले दावी गरेकी छन् । प्रेसर, सुगरका विरामीहरुको संख्या बढ्दै गएपछि मानव शरिरले उत्पादन गर्ने ग्रन्थीको मात्रामा तल, माथि हुने विरामीहरुको संख्या पनि बढ्दै गएको छ, डा. भारतीले भनिन्–‘अस्पतालको अत्याधुनिक भवन निर्माण भएसंगै नियमित सेवाहरुलाई थप गर्नुको साथै विशेषज्ञ सेवा विस्तार गर्ने पक्षमा हामी लागि परिरहेका छौं ।’

५० शैयाको जाजरकोट अस्पतालबाटै विभिन्न प्रकारका विशेषज्ञ सेवाहरु संचालन गर्नको लागि आबश्यक पर्ने जनशक्ति र उपकरणको व्यवस्थापन गर्न अस्पताल विकास समिति र स्वास्थ्य सेवा कार्यालय लागि परेको अस्पताल विकास समितिका अध्यक्ष डम्बर बहादुर सिंहले भनाई राखेका थिए । सेवा प्रवाह सम्बन्धि पत्रकारहरुसंग कुरा गर्दै डा. भारतीले प्रयोग विहिन अबस्थामा रहेको बायोमेट्रिक मेशिन जडान गरेर मंगलबारदेखिनै संचालनमा ल्याएको जानकारी दिएकी थिइन् । बायोमेट्रिक मेशिनको प्रयोगले सबै प्रकारका ल्याप रिर्पोट निकाल्न सुलभ र बैज्ञानिक हुने डा. भारतीले दावी गरेकी छन् ।

स्वास्थ्य सेवा कार्यालयको व्यवस्थापकको जिम्मेवारी समालेको छोटो समयमै जाजरकोट अस्पतालमा आवश्यक जनशक्ति व्यवस्थापन गर्नुको साथै मेशिन जडान गरेर फिजोथेरापी सेवा, थाइराइड परीक्षण तथा उपचार सेवा र बायोमेट्रिक मेशिन जडान गरी सेवा संचालनमा ल्याएको डा. भारतीले बताएकी थिईन् । तत्काल आबश्यक जनशक्तिको व्यवस्थापन गरेर आँखा परीक्षण तथा उपचार सेवा संचालनमा ल्याउने योजनामा रहेका छौं डा. भारती भनिन्–‘सेवा प्रवाहको सुरुको अबस्थामा थाइराइड परीक्षणको नमुना हप्ताका सबै बारमा लिने गरिएता पनि रिर्पोट मंगलबार र बिहिबार गरी हप्तामा दुई दिन मात्र दिने व्यवस्था गरेका छौं ।’

यही आउने शुक्रबारदेखि नव निर्मित भवनबाट अस्पतालले सेवा प्रवाह गर्ने जानकारी दिदै डा. भारतीले ओपिडी सेवा, ईर्मेजेन्सी सेवा, फार्मेसी सेवा र विलिङ्ग सेवा संचालन गरेर शुक्रबारदेखि नयाँ भवनलाई प्रयोगमा ल्याउने योजनामा रहेको बताएकी छन् । गुणस्तरी विशेषज्ञ सेवा विस्तार गरेपछि मात्र अस्पताले नागरिकहरुको विश्वस्नियता आर्जन गर्नुको साथै सेवाग्राहीहरुको संख्या बृद्धि गर्न सकिने सर्वसाधारणहरुको बुझाई रहेको छ ।

प्रतिकृया दिनुहोस्