News Portal

फोहोर व्यवस्थापनमा भेरी नगरपालिकालाई दक्षिण कोरियाको ग्लोवल कम्पनीले साथ दिने

७४३ पटक

नगरपालिकाको फोहोर व्यवस्थापन गर्न जाजरकोटको भेरी नगरपालिकाले दक्षिण कोरियाको ग्लोवल कम्पनी ‘टेराबिओ’ संग सम्झौता गरेको छ । दणिक्ष कोरियाको भ्रमणमा रहेका भेरी नगरपालिकाका नगर प्रमुख चन्द्र प्रकास घर्तीले नगरपालिकाको फोहोर व्यवस्थापन गर्न सनिबार ग्लोवल कम्पनी ‘टेराबिओ’ संगको सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

बैज्ञानिक तरिकाले नगरपालिका भित्रको फोहोर व्यवस्थापन गर्न दक्षिण कोरियाको ‘टेराबिओ’ कम्पनी संगको सम्झौता पत्रमा आफुले हस्ताक्षर गरेको नगर प्रमुख बताएका छन् । फोहोर व्यवस्थापन सम्बन्धी नगरपालिकाको समस्यालाई समाधान गर्न कोरियाको ग्लोवल कम्पनी ‘टेराबिओ’ संग पहिलो चरणमा सम्झौता गर्नेमा जाजरकोटको भेरी नगरपालिका र काभ्रेको धुलिखेल नगरपालिका रहेको नगरप्रमुख घर्तीले जानकारी दिएका छन् ।

दक्षिण कोरियाको ग्लोवल कम्पनी ‘टेराबिओ’ संग गरिएको फोहोर व्यवस्थापन सम्झौता प्रविधिले कार्वन उत्सर्जन, शुन्य अपशिष्ट जस्ता विविधि पक्षहरुलाई सम्बोधन गर्ने नगरप्रमुख घर्तीले बताएका छन । नगरपालिका संघले तय गरेको भ्रमणमा दक्षिण कोरिया पुगेका भेरी नगरपालिकाका प्रमुख घर्तीले गरेको उक्त सम्झौताले भ्रमण महत्वपूर्ण उपलब्धिमुलक रहेको निस्कर्ष निकालिएको छ ।

प्रतिकृया दिनुहोस्