Hamro Sanchar

गजल–विसङ्गत जीवन

–भवानी रावल शाही प्रकाशित : २०८०/५/४ गते
भेरी नगरपालिका–७ जाजरकोट

देख्यो कसले  बेस जीवन बिसङ्गतिमा  ?
सोध्दै हिँड्छु म अचेल भेट्ने जतिमा ।

उनको सिउदो भर्ने औँला जोगाउन,
म बेच्छु शिर तिमी किन्छौ कतिमा ?

तिमी रोगी हौ छालाको, म हृदयको,
आरोग्य भैइन्न दुबै एउटै ओखतिमा ।

पत्नी धर्म निभाउन आफू दबिनैपर्ने,
भेटिन्छ कहिले अधर्म क्रूर पतिमा ?

प्रतिकृया दिनुहोस्