Hamro Sanchar

जाजरकोटमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

डिजिटल संचार संवाददाता प्रकाशित : २०८०/५/१६ गते
जाजरकोट

जिल्ला सदरमुकाम खलंगामा महिलाहरुले शुभकामना आदान प्रदान गरेका छन् । हिन्दु नारीहरुको महान चार्ड हरितालिका तिजको अबसरमा खलंगामा महिलाहरुले शुभकामना आदान प्रदान गरेका हुन् ।

सनिवार होटल रिद्धी तथा दरबार होमस्टेको सभा हलमा खलंगाको ठाँटी, थाप्लेका महिलाहरुले शुभकामना आदान प्रदान गरेका छन् । महिलाहरुको उक्त शुभ कामना आदान प्रदान कार्यक्रममा बालिकादेखि बयबृद्ध महिलाहरुको सहभागिता रहेको सुनिता बोहराले जानकारी दिएकी छन् । कार्यक्रमका माध्यामबाट महिलाहरको आपसी सम्बन्धलाई सुदृढ गर्न उक्त कार्यक्रमको आयोजना गरिएको बोहराको भनाई छ ।

हरितालिका तिजको अबसर पारेर महिलाहरु बिचमा शुभकामना आदान प्रदान गर्नुको साथै दर खाने कार्यक्रम पनि सम्पन्न भएको बोहोराले बताएकी छन् । महिलाहरुले स्वच्छिक रकम उठाएर दर खाने कार्यक्रमलाई सम्पन्न गरिएको बताईएको छ । शुभकामना आदान प्रदान तथा दर खाने कार्यक्रममा कुनै राजनीतिक पार्टी विशेषका महिलाहरु वीचमा मात्र नभएर आम महिलाहरु बीचको भएको बताईएको छ । उक्त कार्यक्रममा नाँच, गान सहित मनोरन्जन पनि गरिएको थियो ।


Tagged
प्रतिकृया दिनुहोस्