Hamro Sanchar

जुनीचाँदेमा एमाले, काँग्रेसका दर्जन बढि कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

नेकपा एमालेका वडा कमिटि अध्यक्ष÷सचिव सहित वडा कमिटि माओवादी केन्द्रमा प्रवेश

डिजिटल संचार संवाददाता प्रकाशित : २०८०/५/२४ गते
जाजरकोट

जिल्लाको जुनीचाँदे गाउँपालिकामा एमाले, काँग्रेसका दर्जन बढि नेता÷कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । नेकपा (माओवादी केन्द्र) ले देशव्यापी रुपमा चलाई रहेको तीन महिने जनतासंग माओवादी विशेष रुपान्तरण अभियानमा एमाले, काँग्रेसका दर्जन बढि कार्यकर्ताले माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

घरघरमा माओवादी, जनजनमा माओवादी भन्ने मुल नारा सहित यतिवेला माओवादी केन्द्रले देशव्यापी रुपमा जनतासंग माओवादी विशेष रुपान्तरण अभियान चलाई रहेको छ । यही भदौं १६ गतेदेखि सुरु गरिएको देशव्यापी अभियानको हप्ता दिनको समयमै जुनीचाँदेबाट एमाले, काँग्रेस पार्टी परित्याग गरेर १५ जना नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेको माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य सत्यनारायण बस्नेतले जानकारी दिएका छन् । प्रदेश कमिटी सदस्य बस्नेतले दिएको जानकारी अनुसार जुनीचाँदे गाउँपालिका वडा नं. १ मा नेकपा एमालेका वडा कमिटी अध्यक्ष धन बहादुर रावत, सचिव गोपाल बहादुर बुढा, सदस्य गोपाल थापा, नर बहादुर बुढा, मुन बहादुर बुढा, मुन बहादुर बुढा, लाल बहादुर थापा र करसिंह रावत सहित ८ जनाले माओवादी केन्द्रमा प्रवेश गरेका छन् । त्यसैगरी नेपाली काँग्रेसबाट अम्मर बहादुर दमाई, प्रेम बहादुर रावत, बहादुर रावत, लाली रावत, गणेश बहादुर रावत गरी ६ जनाले माओवादी केन्द्रमा प्रवेश गरेको बस्नेतले बताएका छन् । त्यसैगरी जुनीचाँदे गाउँपालिका–६ बाट नेकपा एमालेका वडा कमिटी सदस्य जय बहादुर तिरुवा र नेपाली काँग्रेसका क्रियाशिल सदस्य कृष्णकला सिंहले माओवादी केन्द्रमा प्रवेश गरेको प्रदेश कमिटी सदस्य बस्नेतले जानकारी दिएका छन् ।

विगत जनयुद्धकालमा कम्युन संचालन गरिएको जुनीचाँदे गाउँपालिकामा यतिवेला माओवादी केन्द्रले संचालन गरेको जनतासंग माओवादी विशेष रुपान्तरण अभियानले नयाँ रक्तसंचार पैदा गरेको प्रदेश सदस्य बस्नेतले दावी गरेका छन् । बस्नेतले दिएको जानकारी अनुसार यतिवेला माओवादी केन्द्रले जुनीचाँदे गाउँपालिकामा पार्टी गाउँ कमिटीदेखि सवै वडा कमिटीका बैठक, प्रशिक्षण सम्पन्न गरेको छ । बैठक तथा प्रशिक्षण पश्चात शहिद परिवार, पुराना नेता तथा कार्यकर्तासंगको भेटघाट, जनश्रमदानका माध्यामबाट सार्वनिक विकास निर्माण तथा सार्वजनिक स्थलहरुको सरसफाई लगाएतका कार्यक्रम संचालन गरेको छ ।

तीन महिने अभियान अवधिको लागि जुनीचाँदे गाउँपालिकाको नेतृत्व कर्णाली प्रदेश कमिटीका उपाध्यक्ष ढकवीर रानाले गरेका छन् भने, वडा नं. १ र ४ को नेतृत्व प्रदेश सदस्य प्रेम खत्री, वडा नं. २ को नेतृत्व प्रदेश सदस्य सत्यनारायण बस्नेत, वडा नं. ३ र ९ को नेतृत्व प्रदेश सदस्य शिवा आचार्य, वडा नं. ५ र ६ को नेतृत्व प्रदेश सदस्य कृष्ण बहादुर केसी, वडा नं ७ र ८ को नेतृत्व प्रदेश सदस्य ओईलसिंह घर्ती, वडा नं. १० र ११ को नेतृत्व प्रदेश सदस्य जय बहादुर बस्नेतले गरेको जनाईएको छ ।


Tagged
प्रतिकृया दिनुहोस्