Hamro Sanchar

वीरेन्द्रनगरको झरना टोलकमिटीको बैठक सम्पन्न

डिजिटल संचार संवाददाता प्रकाशित : २०८०/५/२९ गते
वीरेन्द्रनगर, सुर्खेत

खुर्खेत वीरेन्द्रनगरको झरना टोलकमिटीको बैठक विहिबार सम्पन्न भएको छ । नेकपा (माओवादी केन्द्र) वडा नं. ३ को झरना टोल कमिटीको बैठक सम्पन्न भएको हो ।

उक्त टोल कमिटीको बैठक जनतासंग माओवादी विशेष रुपान्तरण अभियान अन्तरगत सम्पन्न भएको हो । घरघरमा माओवादी, जनजनमा माओवादी भन्ने मुल नारा सहित पार्टीले चलाएको तीन महिने जनतासंग माओवादी विशेष रुपान्तरण अभियान अन्तरगत बसेको बैठक टोलबासीका आधारभुत आबश्यकतामा केन्द्रित रहेको नगर कमिटी उपाध्यक्ष तथा ३ नम्बर वडा ईन्चार्ज पदमा विष्ठले जानकारी दिईन । उपाध्यक्ष बिष्ठले दिएको जानकारी अनुसार झरना टोलको खानेपानी व्यवस्थापन, नाला व्यवस्थापन, सडक ग्य्रावील, लालपुर्जा वितरण लगाएतका आधारभुत समस्याहरुमा बैठक केन्द्रित भएको थियो । संघीय सरकारको नेतृत्व गरीरहेको नेकपा (माओवादी केन्द्र) ले संचालन गरेको अभियानले जनताका आधारभुत आबश्यकताहरुलाई पुर्ती गर्न सरकारको ध्यानाकर्षण गराउन सफल हुने विश्वास गरिएको छ ।

जनतामा विकास र समृद्धिको प्यास अझैपनि नमेटिएको टोलकमिटीको बैठकमा बोल्ने वक्ताहरुले भनाई राखेका थिए । नयाँ आशा र भरोसा राखेका जनताले २०६४ सालमा माओवादी पार्टीलाई पहिलो पार्टी बनाएको बताउदै बैठकमा बोल्ने अधिकाँश वक्ताहरुले माओवादी पार्टीप्रतिको जनताको आशा र भरोसा नयाँ अंकुराका रुपमा पलाएको भनाई राखेका थिए ।


Tagged
प्रतिकृया दिनुहोस्