News Portal

नगरगाड नगरपालिकाका १४ विद्यालयमा १७ लाखको बसाई व्यवस्थापन सामाग्री हस्तान्तरण

१४६ पटक

नलगाड नगरपालिकाका १४ विद्यालयमा १७ लाख ६४ हजारको बसाई व्यवस्थपन सामाग्री हस्तान्तरण गरिएको छ । वल्र्ड भिजन ईन्टरनेशनलसंगको साझेदारीमा पाँचतारा युवा संरक्षक मञ्च, जाजरकोटले शुक्रबार १४ वटा विद्यालयलाई १७ लाख ६४ हजारको बसाई व्यवस्थापन सामाग्री हस्तान्तरण गरेको हो ।

पढाईको स्तर सुधार गर्न १४ वटा विद्यालयमा बसाई व्यवस्थापन सामाग्री हस्तान्तरण गरिएको पाँचतारा युवा संरक्षक मञ्च जाजरकोटका अध्यक्ष छवी पन्तले जानकारी दिए । अध्यक्ष पन्तले दिएको जानकारी अनुसार नलगाड नगरपालिकाका सिद्धसाइकुमारी प्राथमिक बिद्यालय, लक्ष्मी प्राथमिक बिद्यालय, नेपाल रास्ट्रिय आधारभुत विद्यालय, कैलाश कन्या आधारभुत विद्यालय, करुणा प्राथमिक बिद्यालय, बाल हित प्राथमिक बिद्यालय, सरसवती प्राथमिक बिद्यालय, इन्द्र धनुष प्राथमिक बिद्यालय, गणेश प्राथमिक बिद्यालय, जनप्रिय प्राथमिक बिद्यालय, कालिका प्राथमिक बिद्यालय, सुर्यदय माध्यामिक बिद्यालय, ज्ञानोदय प्राथमिक बिद्यालय र भानुभक्त प्राथमिक बिद्यालयमा बसाई व्यवस्थापन सामाग्री हस्तान्तरण गरिएको छ । उक्त १४ वटा विद्यालयमा १५५ वटा राउन्ड टेबल, ७५३ मिटर कार्पेट, १ हजार १२९ मिटर पीफर्म, ७६१ वटा कुशन, ८४ वटा सिकाई कुना दराज र १ हजार ५०० वटा कथा किताब हस्तान्तरण गरिएको अध्यक्ष पन्तले बताए ।

उक्त सामाग्रीहरु सरोकारवालाहरुको उपस्थितिमा प्रमुख जिल्ला अधिकारी सुरेश सुनारको प्रमुख आथित्यतामा हस्तान्तरण गरिएको थियो । यस अघि नलगाड र भेरी नगरपालिकाका जोखिममा रहेका ८५० बिद्यार्थीलाई १४ लाख लागतका शैक्षिक सामग्री हस्तान्तरण गरिएको पाँचतारा युवा संरक्षक मञ्चले जनाएको छ ।

शुक्रबार वितरण गरिएको बसाई व्यवस्थापन सामाग्रीबाट १४ वटा विद्यालयका ७६२ जना विद्यार्थी लाभाम्बित भएको पाँचतारा युवा संरक्षक मञ्चले जनाएको छ । १४ वटा विद्यालयका ४५ वटा कक्षाकोठाको बसाई व्यवस्थापन भएको बताईएको छ ।

पाँचतारा युवा संरक्षक मञ्च र वल्र्ड भिजन ईन्टरनेशनलको साझेदारीमा संचालित बिद्यालयलाइ सामग्री सहयोग कार्यक्रम (माइक्रो प्रोजेक्ट) को कार्यक्षेत्र नलगाड नगरपालिकाको वार्ड १,२,३,४ र ५ रहेको बताईएको छ । बालमैत्री बसाइ व्यवस्थापन सहित नलगाड नगरपालिकाको वार्ड १,२,३,४ र ५ मा शैक्षिक सुधारमा टेवा पुर्याउनुको साथै बालमैत्री सिकाइ बाताबरण तयार गरी बालबालिकाको सिकाइ उपलब्धिमा बृद्धि गर्ने बिद्यालयलाइ सामग्री सहयोग कार्यक्रम (माइक्रो प्रोजेक्ट) को लक्ष्य रहेको छ ।

प्रतिकृया दिनुहोस्