Hamro Sanchar

तीज गीत प्रतियोगितामा राजनीति र समाजप्रति महिलाको व्यङ्गये

डिजिटल संचार संवाददाता प्रकाशित : २०८०/५/३१ गते
जाजरकोट

तीजका वेला प्रायजसो महिलाहरुले घरपरिवार र माइतीप्रति गुनासो र आक्रोश पोख्ने गरेका हुन्छन् तर शनिवार खलंगाको गैरीखालीमा आयोजित तीजगीत प्रतियोगितामा गाउने सवै महिलाहरुले भने देशको राजनीति र समाजका विकृतिप्रति तिखो व्यंग गरे ।

जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानले हरितालिका तीजको अवसरमा आयोजना गरेको खुला मौलिक तीज गीत प्रतियोगितामा भाग लिएका महिलाहरुले आफना भाका र शव्दमा वर्तमान देशको राजनीति, कानुन् र सामाजिक व्यवहारले महिलाहरुले भोग्नु परेका समस्याहरु पोखेका हुन् ।

जिल्लाका विभिन्न ठाउँवाट गैरीखालीमा गीत गाउँन आएका महिलाहरुले पारिवारिक भन्दा देश र समाजको वढी चिन्ता गरेर गीत गाएका थिए । दिनदिनै समाजमा भड्किलो वन्दै गएको तीज पर्वमा आफनो मौलिक भाका, भेषभुषा र शैलीलाइ उजागर गर्न र संरक्षण गर्नका लागि आफुहरुले तीज गीत प्रतियोगिता सन्चालन गरेको जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानका अध्यक्ष जनक केसीले वताए । उनले तीज गीत कार्यक्रममा महिलाहरुको उत्साहपुर्ण सहभागिता रहेको र यसले हाम्रो मौलिकता जोगाउन मद्दत गर्ने वताए । प्रतिष्ठानका उपाध्यक्ष रीता पुनको अध्यक्षतामा भएको उक्त प्रतियोगिताको भेरी नगरपालिकाका उपमेयर सीता जैसीले उद्घाटन गरेकी थिइन् ।

प्रतियोगिता उद्घाटन गर्दै उपमेयर जैसीले जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानले जिल्लाको सम्पदा र सँस्कृतिको जगेर्नामा देखाएको सक्रियता अर्थपुर्ण रहेको वताइन् । उनले सवैको साथ सहकार्य र भावनात्मक एकतावाटै हाम्रा सँस्कृतिहरुको मौलिकता जोगाउन सकिने वताइन् ।

विभिन्न ९ वटा समुहले गरेको तीज गीत गायन प्रतिष्पर्धामा छेडागाड १२ की जयन्ता खत्रीले प्रथम स्थान प्राप्त गरिन । यस्तै भेरी नगरपालिका ६ की विमला खड्काले द्धितीय स्थान ल्याइने भने भेरी नगरपालिका २ की मनमति वुढा र कल्पना विकले तृतीय स्थान ल्याइन् ।

त्रिभुवन मावि खलंगाको छात्रावासकी छात्राहरु ममता सुनार र दर्शना रावतले सान्त्वना स्थान प्राप्त गरेको तीज गीत प्रतियोगिताका मुल्यांकन कर्ता अच्युतप्रसाद शर्माले जानकारी दिए । उनका अनुसार उक्त प्रतियोगितामा प्रथम हुनेलाई नगद ५ हजार र प्रमाणपत्र, द्धितीय हुनेलाइ ३ हजार र प्रमाणपत्र, तृतीय हुनेलाइ २ हजार नगद र प्रमाण पत्र तथा सान्त्वना हुनेलाइ १ हजार नगद र प्रमाण पत्र वितरण गरिएको छ ।

कार्यक्रममा जिल्ला समन्व्य समितिका सदस्य खड्क विसी, अन्तरपार्टी महिला सन्जाल जाजरकोटी अध्यक्ष रामछाया शाही, नेपाल शिक्षक महासंघकी अध्यक्ष आसा कार्की, जेष्ठ नागरिक एवं समाजसेवी सीता भण्डारी, नेपाली काँग्रेस जाजरकोटका सचिव तेजविक्रम शाह लगाएतले पुरस्कार वितरण गरे ।

खुला कविता र तीज गीत प्रतियोगिता सन्चालनका लागि छेडागाड नगरपालिका ११ घर भइ वैदेशिक रोजगारीमा रहेका शान्तवहादुर रावत, प्रज्वल जनरल स्टोर तथा स्टेशनरीका प्रोप्राइटर सुर्यवहादुर रोकाय र बारेकोट २ का युवा जीवन तिरुवाले आर्थिक सहयोग गरेको कार्यक्रमका अध्यक्ष एवं प्रतिष्ठानका उपाध्यक्ष रीता पुनले वताइन् । उनले कार्यक्रममा सहयोग गर्ने तिनै जनालाइ प्रशंसापत्र प्रदान गरिएको वताइन् । तीज गीत प्रतियोगिता सन्चालन भएको गैरीखाली वरको रुख मुन्तिर शरिवार चारसय वढी महिला तथा पुरुषहरु दर्शकहरु उपस्थित भएको आयोजकले जनाएको छ ।


Tagged
प्रतिकृया दिनुहोस्