News Portal

जाजरकोटमा सिंचाई तथा नदी व्यवस्थापन आयोजना कार्यालय उद्घाटन

४४३ पटक

जिल्ला सदरमुकाम खलंगामा सिंचाई तथा नदी व्यवस्थापन आयोजना कार्यालयको उद्घाटन भएको छ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले रिभन काटेर आइतबार कार्यालयको उद्घाटन गरेका हुन् ।

उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय अन्तरगतको जाजरकोट सिंचाइ तथा नदी व्यवस्थापन आयोजना कार्यालयको कार्यक्षेत्र कर्णाली पदेशका १० वटै जिल्ला रहेका छन् । ललितपुरमा रहेको उक्त कार्यालयलाई मन्त्री बस्नेतको पहलमा मन्त्रीपरिषद्को निर्णयबाट जाजरकोट जिल्ला सदरमुकाम खलंगामा स्थापना गरेका हुन् ।

उक्त कार्यालयले कर्णाली प्रदेशमा सिंचाई सुविधा पु¥याउन, ठुला साना नदीको ब्यवस्थापनमा क्षेत्रगत रुपमा काम गर्ने मन्त्री बस्नेतले भनाई राखेका थिए । सिंचाई सुविधा नपुगेका कर्णाली प्रदेशका नदी आसपास र अन्य बाँझा जमिनमा सिंचाई सुविधा पुरयाई कृषि उत्पादन बृद्धि गर्ने गरी काम अघि बढाउन आयोजना कार्यालयलाई मन्त्री बस्नेतले निर्देशन दिएका थिए । कृषि मन्त्रालयसंग समन्वय गरेर सिंचाई सुविधा विस्तार गर्ने तयारी गरिएको मन्त्री बस्नेतले बताए ।

कार्यालय उद्घाटन कार्यक्रममा प्रतिनिधी सभा सदस्य मैना कार्की रावल, पुर्व मन्त्री सत्या पहाडी, कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बेदराज सिंह, भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकास घर्ती, प्रमुख जिल्ला अधिकारी सुरेश सुनार लगायतले कर्णालीको समग्र विकासमा आयोजना कोशे ढुङ्गा सावित हुने बताए । कर्णाली प्रदेशका सवै जिल्ला हेर्ने गरि कार्यालय स्थापना हुनु जिल्लाको लागि गौरब भएको वक्ताहरुको भनाई राखेका थिए । कार्यालय प्रमुख कृष्ण डुम्राकोटीले सरकारले दिएको निर्देशन, कार्यालयको कार्यक्षेत्र र बजेटको सिमा भित्र रहेर काम गर्ने प्रतिवद्धता ब्यक्त गरेका थिए ।

प्रतिकृया दिनुहोस्