News Portal

बारेकोट गाउँपालिकाको स्वास्थ्य तथा सरसफाई शाखा प्रथम

३०० पटक

बारेकोट गाउँपालिकाको स्वास्थ्य तथा सरसफाई शाखा प्रथम भएको छ । स्वास्थ्य सेवा कार्यालय, जाजरकोटले आयोजना गरेको बार्षिक प्रगति समिक्षा गोष्ठीमा जिल्लाका अन्य पालिकाका स्वास्थ्य तथा सरसफाई शाखा भन्दा बारेकोट गाउँपालिकाको स्वास्थ्य तथा सरसफाई शाखाले बढि अंक ल्याएर प्रथम भएको थियो ।

मंगलबार आयोजित समिक्षा गोष्ठीमा बारेकोट गाउँपालिकाको स्वास्थ्य तथा सरसफाई शाखाले ८७ दशमलब ९ प्रतिशत अंक प्राप्त गरेर प्रथम भएको स्वास्थ्य सेवा कार्यालयको निमित्त व्यवस्थापक डा. प्रतिक्षा भारतीले जानकारी दिईन । निमित्त व्यवस्थापक डा. भारतीले दिएको जानकारी अनुसार भेरी नगरपालिकाले ८६ दशमलब ७ प्रतिशत अंक ल्याएर दोस्रो, नलगाड नगरपालिकाले ८३. दशमलब ६ प्रतिशत अंक ल्याएर तेस्रो भएका छन् । पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्ने सबै गाउँ तथा नगर स्वास्थ्य तथा सरसफाई शाखालाई सम्मान पत्र प्रदान गरेर सम्मान गरिएको थियो ।

स्वास्थ्य सेवाका विभिन्न सुचकहरु पुरा तुलनात्मक रुपमा अन्य पालिका भन्दा बढि पुरा गरेर बारेकोट गाउँपालिकाको स्वास्थ्य तथा सरसफाई शाखा प्रथम भएको हो । आर्थिक बर्ष २०७६÷०७७ देखि ०७७ ÷०७८ हुदै २०७९÷०८० सम्म निरन्तरण रुपमा बारेकोट गाउँपालिकाको स्वास्थ्य तथा सरसफाई शाखा निरन्तर रुपमा प्रथम हुदै आएको छ ।

प्रतिकृया दिनुहोस्