Hamro Sanchar

सरसफाई र सम्मान गरेर जाजरकोटमा मनाईयो विश्व हुलाक दिवस

डिजिटल संचार संवाददाता प्रकाशित : २०८०/६/२२ गते
जाजरकोट

कार्यालय परिसर सरसफाई तथा कर्मचारी सम्मान गरेर जाजरकोटमा विश्व हुलाक दिवस मनाईएको छ । जिल्ला सदरमुकाम खलंगाको ठाँटीमा रहेको जिल्ला हुलाक कार्यालय परिसर सफाई गर्नुको साथै उत्कृष्ट कर्मचारीलाई सम्मान गरेर सोमबार विश्व हुलाक दिवस मनाईएको हो ।

विश्व हुलाक दिवस तथा ९ अक्टोवर २०२३ का अबसरमा जिल्ला हुलाक कार्यालय, जाजरकोटले कार्यालय परिसर सरसफाई गरेको छ । निमित्त हुलाक अधिकृत छविलाल खड्काको नेतृत्वमा रहेको जिल्ला हुलाक कार्यालयका कर्मचारी टीमले सोमबार विहानै देखि दिनभर कार्यालय परिसर सरसफाई गरेका थिए । दिउसो ३ बजे विश्व हुलाक दिवस मनाउनलाई औपचारिक कार्यक्रमको आयोजना गरिएको थियो । निमित्त प्रमुख जिल्ला अधिकारी हरिचन्द्र शर्माको प्रमुख आथित्यतामा आयोजित कार्यक्रममा जिल्ला हुलाक कार्यालयमा कार्यरत उत्कृष्ट खरिदार देवेन्द्र प्रसाद शर्मा र हल्करा कमला मल्ललाई सम्मान गएिको थियो । दोसल्ला ओराउनुको साथै सम्मान पत्र प्रदान गरेर शर्मा र मल्ललाई सम्मान गरिएको थियो ।

विश्व हुलाक दिवसको अबसरमा निमित्त प्रजिअ शर्मा, नेपाल टेलिकम जाजरकोट कार्यालय प्रमुख र नेपाल पत्रकार महासंघ जाजरकोट अध्यक्ष बालकुमार शर्माले शुभकामना मन्तव्य राखेका थिए । संचार सेवाको सवै भन्दा पहिलो सेवा हुलाक सेवालाई युग सुहाउदो प्रविधिमैत्री सेवाका रुपमा विकास गर्नुपर्नेमा बक्ताहरुले जोड दिएका थिए ।

सन् १८७४ अक्टोवर ९ मा स्थापना भएको विश्व हुलाक सेवा सुरुको दिनलाई १९६९ देखि दिवसका रुपमा मनाउन थालिएको हो । निमित्त हुलाक अधिकृत छविलाल खड्काको अध्यक्षतामा आयोजित विश्व हुलाक दिवस २०८० को औपचारिक कार्यक्रमको संचालन विष्णु बहादुर गिरीले गरेका थिए भने, स्वागत भाषण देवेन्द्र प्रसाद शर्माले गरेका थिए ।


Tagged
प्रतिकृया दिनुहोस्