News Portal

माआवादी केन्द्र निकट स्वास्थ्यकर्मी संगठनद्धारा शुभकामना आदानप्रदान

४२४ पटक

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट राष्ट्रिय प्रगतिशिल स्वास्थ्यकर्मी संगठनले शुभकामना आदानप्रदान गरेको छ । बडा दशै, शुभदीपावली, नेपाल सम्वत् ११४४ तथा छठपर्व २०८० को अबसरमा राष्ट्रिय प्रगतिशिल स्वास्थ्यकर्मी संगठन जिल्ला कार्यसमिति, जाजरकोटले बुधबार जिल्ला सदरमुकाम खलंगामा शुभकामना आदानप्रदान गरेको हो ।

आरआर होटलको सभाहलमा आयोजना गरिएको शुभकामना आदानप्रदान कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य काली बहादुर मल्ल, प्रदेश समिति सदस्य अमरसिंह राठौर, प्रताव जैसी, राष्ट्रिय प्रगतिशिल स्वास्थ्यकर्मी संगठनका केन्द्रिय नेताहरु सहभागी भएका थिए । उक्त शुभकामना आदानप्रदान कार्यक्रममा नेपाली काँग्रेस, नेकपा एमाले लगाएतका पार्टी निकट स्वास्थ्यकर्मी संगठनका नेताहरु सहभागी भएका थिए ।

राष्ट्रिय प्रगतिशिल स्वास्थ्यकर्मी संगठन विरामीहरुको मात्र नभएर नेपाली समाजकै नारी छाप्दै आएको संगठनले पार्टीका जनसंगठनहरुलाई बढाउन जोड दिनुपर्नेमा नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य काली बहादुर मल्लले भनाई राखेका थिए । सरकारले निर्देशित गरेको कानुनी दायरामा रहेर राष्ट्रिय प्रगतिशिल स्वास्थ्यकर्मी संगठनले जनमैत्री सेवा प्रवाह गर्नुको साथै पार्टी जनसंगठनका सदस्यहरु बृद्धि गर्र्ने काममा संगठनले भुमिका खेल्नुपर्नेमा स्थायी समिति सदस्य मल्लले जोड दिएका थिए ।

राष्ट्रिय प्रगतिशिल स्वास्थ्यकर्मी संगठन जिल्ला कार्य समिति जाजरकोट अध्यक्ष अमर जंग शाहको अध्यक्षतामा आयोजना गरिएको शुभकामना आदानप्रदान कार्यक्रममा नेपालका स्वास्थ्यकर्मीहरु ऐन बिनानै चल्नुपर्ने अबस्था रहेको राष्ट्रिय प्रगतिशिल स्वास्थ्यकर्मी संगठनका सह अध्यक्ष टेकराज डिसीले भनाई राखेका थिए । सरकारद्धारा जारी गरिएका निजामति ऐन र शिक्षा ऐनले स्वास्थ्यकर्मीहरुलाई गाइड गर्न नसक्ने भनाई राख्दै सहअध्यक्ष डिसीले प्रचण्ड नेतृत्वकै सरकारले स्वास्थ्य ऐन जारी गर्नुपर्ने धारणा राखेका थिए ।

कार्यक्रमले एकअर्काेसंग परिचित हुनुको साथै भाईचारा सम्बन्ध स्थापित गर्नेमा महत्वपूर्ण भुमिका खेलेको उक्त आयोजित कार्यक्रममा बोल्ने बक्ताहरुले भनाई राखेका थिए ।

 

प्रतिकृया दिनुहोस्