आज : २०८१ कार्तिक ३० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

विद्यालय भवनको अस्थायी व्यवस्थापनमा त्रिपाल कि ? एस वाइ प्यानल नेपाल ?

डिजिटल संचार संवाददाता प्रकाशित : २०८०/८/८ गते
जाजरकोट

गत कातिक १७ गते राति गएको भुकम्पले भत्किएका विद्यालय भवनहरुमा अस्थायी व्यवस्थापनका रुपमा त्रिपाल प्रयोग गर्न थालिएको छ । भवनहरु भत्किएपछि अबरुद्ध भएको पठनपाठन संचालनमा ल्याउनलाइ कतिपय विद्यालयमा त्रिपाल प्रयोग गरिएको छ भने, कतिपय विद्यालयमा खुल्लाचौरमै बसेर पढाई संचालन गर्न थालिएको छ । विभिन्न दातृ निकायहरुको सहयोग पाएका विद्यालयहरुले त्रिपाल प्रयोग गरेका छन् भने, सहयोग नपाएका विद्यालयहरुले खुल्ला चौरमै पढाइ संचालन गर्न थालेका छन् ।

बारेकोट गाउँपालिका–१ रामिडाँडा केन्द्रविन्दु बनाएर आएको ६.४ म्याग्निच्युटको भुकम्पले जिल्लाका ४२३ वटा सरकारी विद्यालयहरुमध्ये ३४१ वटा विद्यालयका भवन क्षेतिग्रष्त भएका छन् । ३४१ वटा विद्यालयका २८९ वटा भवन पूर्णरुपमा ध्वस्त भएका छन् भने, ५९८ वटा भवन क्षेतिग्रष्त भएका छन् । सामाजिक विकास कार्यालयले निकालेको प्रारम्भिक तथ्याङ्क अनुसार १ हजार ५९९ कक्षाकोठाहरु ध्वस्त भएका छन् । २४ जना विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको ज्यान गएको छ भने, ९७ जना विद्यार्थीहरु घाईते भएका थिए । १ जना शिक्षकको मृत्यु भएको थियो भने, ५ जना शिक्षक घाईते भएका थिए । १०३ वटा विद्यालयका शौचालय पूर्णरुपमा ध्वस्त भएका छन् भने, १८१ वटा शौचालयमा आँशिक क्षेति पुगेको छ । २ वटा विद्यालयका सोलार सिस्टम पूर्णरुपमा ध्वस्त भएका छन् भने, ४ वटामा आँशिक क्षेति पुगेको छ । ४७ वटा विद्यालयको घेराबार पूर्णरुपमा ध्वस्त भएको छ भने, ५२ वटा विद्यालयको घेराबारमा आँशिक क्षेति पुगेको छ । ७ वटा विद्यालयको आइसिटी ल्याप पूर्णरुपमा ध्वस्त भएका छन् भने, १३ वटा विद्यालयका आइसिटी ल्यापमा आँशिक क्षेति पुगेको छ । ११ वटा विद्यालयका पुस्तकालयमा आँशिक क्षेति पुगेको छ । ५ वटा विद्यालयका विज्ञान प्रयोगशाला पूर्णरुपमा ध्वस्त भएका छन् भने, १० वटा प्रयोगशालामा आँशिक रुपमा क्षेतिग्रस्त भएका छन् ।

भुकम्पको प्राकम्पनले अस्तव्यस्त भएको जाजरकोट जिल्लाको शिक्षा क्षेत्रमा अझ बढि असर गरेको छ । क्षेतिग्रस्त भएको जिल्लाको समग्र पुनःनिर्माणको कामलाई पुरा गर्न न्युनतम ३ देखि ५ बर्षको समय लाग्ने अनुमान गरिएको छ । भुकम्पबाट प्रभावित जाजरकोट जिल्लाका निजी अस्थायी बसोबास, सरकारी तथा गैरसरकारी कार्यालयका अस्थायी भवन, सामुदायिक विद्यालयका अस्थायी भवन न्युनतम ३ देखि ५ बर्षसम्मको लागि टिकाउ हुनुपर्ने चर्चा चल्न थालेको छ ।

भवनहरु भत्किएपछि पठनपाठन अबरुद्ध भएका विद्यालयहरुको पढाई प्रभावित भएको छ । दशैं, तिहार विदा लगतै संचालनमा आउनुपर्ने विद्यालयहरु तिहार सकिएको दुई हप्ता वितिसक्दा पनि राम्रोसंग संचालनमा आउन सकेका छैनन् । तत्काल विद्यालय संचालनमा ल्याउनका लागि युनिसेफ, विश्व खाद्य कार्यक्रम लगाएतका विभिन्न दातृ निकायहरुले कतिपय विद्यालयहरुमा भवनको बैकल्पिक व्यवस्थाका रुपमा टेन्टको व्यवस्था गरिदिने गरेका छन् । पुनःनिर्माणका लागि लाग्ने समय ३ देखि ५ बर्षसम्मका लागि विद्यालयको अस्थायी व्यवस्थापनको रुपमा टेन्ट र जस्ता पाताद्धारा निर्माण गरिएको अस्थायी टहरा हुन नसक्ने सामाजिक विकास कार्यालय प्रमुख यज्ञश्वर खत्रीको भनाई रहेको छ ।

३ देखि ५ बर्षसम्मको लागि विद्यालय भवनको अस्थायी व्यवस्थापनका रुपमा एस वाई प्यानल नेपालद्धारा निर्माण गरिने भुकम्प प्रतिरोधी भवन निर्माण गर्न सके सबैभन्दा उपयुक्त हुने कार्यालय प्रमुख खत्रीले बताउदै आएका छन् । छोटो समयमा निर्माण गर्न सकिने, जाडो समयमा जाडो र गर्मी समयमा गर्मी नहुने, ध्वनी रहित, सजिलै आगलागी हुन नसक्ने, कम लागतमा निर्माण गर्न सकिने, पुनः निर्माण पश्चात पक्कि भवनको छतमा लिएर पुनः प्रयोग गर्न मिल्ने तथा जडान गर्न सकिने, अडर अनुसारको भवन निर्माण तथा सामान उपलब्ध हुने, भुकम्प प्रतिरोधी, ३८ देखि ४० बर्षसम्म टिकाउ ग्यारेन्टी भएको एस वाइ प्यानल नेपालद्धारा निर्माण गरिने भवन अस्थायी व्यवस्थापनको लागि उपयुक्त छ जस्तो लाग्यो कार्यालय प्रमुख खत्रीले भने–“जिल्लामा ५०० भन्दा बढि विद्यालय भवनहरुको अस्थायी व्यवस्थापन गर्नुपर्ने भएको छ, त्यसका लागि सरकारी बजेटबाट सम्भव छैन, दातृ निकायको बजेट सुनिश्चित भईदिएको भए एस वाइ प्यानल नेपालको भवननै प्रयोग गर्न उपयुक्त हुन्थ्यो ।”

राष्ट्रिय मापदण्डका कक्षा कोठा भएका ५ कोठे विद्यालय भवन निर्माण गर्न एक हप्ताको समय लाग्ने एस वाई प्यानल नेपालले जनाएको छ । ५ कोठे विद्यालय भवनका लागि १५ लाख ६८ हजार लागत लाग्ने एस वाइ प्यानल नेपालको जाजरकोट डिलर जेकेटी ग्रुप प्रालीका संचालक दल बहादुर सिंहले बताएका छन् । अस्थायी भवन बनाउनुपर्ने विद्यालयहरुले अडर गरेमा वा सम्झौता गरेमा एक हप्ताकै समयमा सयौं विद्यालय भवन निर्माण गर्न सकिने संचालक सिंहको भनाई रहेको छ ।

भुकम्पले भत्किएका भवनहरुको विकल्पमा अस्थायी व्यवस्थापन हुन नसक्दा जिल्लाका ३०० भन्दा बढि प्रारम्भिक बाल बिकास केन्द्र, तथा सिकाई केन्द्रहरु संचालनमा आउन सकेका छैनन् ।


प्रतिकृया दिनुहोस्