Hamro Sanchar

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको आयोजनामा सर्वपक्षीय बैठक सम्पन्न

डिजिटल संचार संवाददाता प्रकाशित : २०८०/८/९ गते
जाजरकोट

जिल्ला सदरमुकाम खलंगामा सनिबार मोहन बैद्य “किरण” नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल, जाजरकोटको आयोजनामा सर्वपक्षीय बैठक सम्पन्न भएको छ । भुकम्पीय विपद विषयमा उद्दार, राहत तथा पुनःनिर्माण सम्बन्धि क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल, जाजरकोटको आयोजनामा सर्वपक्षीय बैठक सम्पन्न भएको हो ।

उक्त सर्वपक्षीय बैठकमा जिल्ला समन्वय समितिका प्रमुख कालि बहादुर खत्री, नेकपा एमाले, जाजरकोट अध्यक्ष खिम बहादुर शाही, क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल केन्द्रिय सदस्य दीपक चलाउने, जिल्ला ईन्चार्ज अनन्त, जिल्ला संयोजक हिमाल, नेकपा (माओवादी केन्द्र) का प्रतिनीधि दिपक खत्री, नेकपा एकीकृत समाजवादी जाजरकोट अध्यक्ष कमान बहादुर खड्का, राप्रपा जाजरकोटका वरिष्ठ उपाध्यक्ष राजेन्द्र प्रसाद शर्मा, नागरिक समाजका संयोजक राजेन्द्र विक्रम शाह, नेपाल रेडक्रश सोसाईटी, जाजरकोट सभापति हरिबहादुर वस्नेत, नेपाल प्रहरी र पत्रकारहरुको सहभागी भएका थिए ।

उक्त सर्वपक्षीय बैठकमा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल, जाजरकोटका तर्फबाट केन्द्रिय सदस्य दीपक चलाउनेले मौखिक प्रस्ताव राखेका थिए । चलाउनेले राखेको मौखिक प्रस्तावमा जिल्लाका राजनीतिक पार्टीका प्रमुख तथा प्रतिनीधि, सामाजिक संघ ÷ संस्था प्रतिनीधि, नागरिक समाज, पत्रकार लगाएत बुद्धीजिवीहरुले आ–आफ्नो धारणा राखेका थिए ।

सर्वपक्षीय बैठकबाट गरिएका निर्णयहरुको सार्वजनिक गर्न संयुक्त प्रेस वक्तव्य जारी गरिएको छ ।

जारी गरिएको संयुक्त प्रेस वक्तव्यको पूर्णपाठ यस्तो रहेको छः–

संयुक्त प्रेस वक्तव्य
मितिः– २०८०÷०८ ÷ ०९ गते
२०८० मंसिर ९ गते भुकम्पीय विपद् सम्बन्धी उद्दार, राहत तथा पुनःनिर्माण विषयमा क्रान्तिकारी कम्यूनिस्ट पार्टी नेपाल जाजरकोटको आयोजनामा जिल्ला स्थित राजनीतिक पार्टीहरु, सामाजिक संघ ÷ संस्था नागरिक समाज, पत्रकार र बुद्धीजिवीहरुको उपस्थितिमा सर्वपक्षीय बैठक सम्पन्न भयो ।

१. विनाशकारी भूकम्पले जाजरकोट र रुकुमपश्चिममा व्यापक जनधनको क्षति गरेको छ । बैठकको प्रारम्भमा ज्यान गुमाउने सम्पूर्णमा श्रद्धाञ्जली स्वरुप एक मिनेट मौन धारण गरियो । घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना सहित मृतक परिवारप्रति समवेदना प्रकट गरियो ।

२. भूकम्पीय विपदबाट उत्पन्न संकटको सामना गर्न विभिन्न निकायबाट प्राप्त सहयोग र सद्भाव प्रति हार्दिक धन्यवाद प्रकट गरियो ।

३. भूकम्पबाट पैदा भएको विपद्लाई सामाना गर्न सामुहिक प्रतिवद्धता स्वरुप निम्न प्रस्ताव सर्वसम्मत पारित गरियो :
क. उद्दार सम्बन्धी आपतकालिन अवधि सकिएता पनि कैयौं महत्वपूर्ण कामहरु बाँकी रहेकोले सो कार्य सम्पन्न गर्न सहकार्य तथा समन्वय गर्ने ।
ख. राहत वितरणमा अनियमितता सम्बन्धी आएको जनगुनासोलाई मध्यनजर गरेर नगर, गाउँ एवं वडा स्तरसम्म सर्वपक्षीय विपद् व्यवस्थापन समिति गठन तथा पुनगठन गर्ने । अनियमितता सम्बन्धी घटनाहरुको छानविन गर्न सर्वपक्षीय अनुगमन समिति गठन गर्ने, सत्यतथ्य छानविन गर्ने तथा त्यसको उचित सम्बोधन गर्ने ।
ग. पुनः निर्माण कार्यलाई नवनिर्माणमा बदल्न “सुरक्षित आवास तथा एकीकृत वस्ती प्रणाली” को रणनीति अन्तर्गत पालिका स्तरमा ग्रामीण सीटी निर्माणको योजना लागु गर्न विशेष पहल गर्ने । तत्कालका लागि बस्न लायक र वस्न नहुने गरेर दुई भागमा घरहरुको वर्गीकरण गर्ने । दीर्घकालिन समाधानका लागि सम्पूर्ण अनुपयूक्त घरहरु विस्थापन गरि भूकम्प प्रतिरोधि संरचना निर्माण गर्न सबै पक्षबाट पहल गर्ने ।


Tagged
प्रतिकृया दिनुहोस्