News Portal

जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानद्धारा एक हजार भुकम्प पीडितलाइ न्यानो कपडा वितरण

२६४ पटक

गत कार्तिक १७ गते मध्यरातमा गएको भुकम्पवाट प्रभावित जाजरकोटका एक हजारलाइ जाजरकोट सम्प्दा संरक्षण प्रतिष्ठानले न्यानो कपडा वितरण गरेको छ । विदेशमा रहेका नेपालीहरुको सहयोग र प्रतिष्ठानको विशेष समन्वयमा जाजरकोट जिल्लाका भेरी नगरपालिका, कुशे गाउँपालिका र नलगाड नगरपालिकाका ५ सय महिला ५ सय पुरुष गरी एक हजारलाई न्योनो कपडा वितरण गरिएको हो । भुकम्प प्रभावितहरुको घरमै पुगेर न्यानो कपडा वितरण गरेको हो ।

खलंगाको पिपलडाडा घर भइ हाल जर्मनमा वस्ने राजदीप शाह र विना खाणको विशेष पहलमा त्यहा स्थित हिमालयन परिवार इ. भि मुन्चेनमा बस्ने नेपालीहरु, जाजरकोट खलंगाको सालघारी घर भइ अमेरीकामा वस्ने आकृतिराज्य लक्ष्मी शाह र उनका वुवा सुरेशजंग शाहको पहलमा त्यहाँ रहेका नेपालीहरु र जाजरकोट खलंगाको सिमलगैरी वाग्लुंग होटेल घर भइ अष्टेलियमा वस्ने निर्वाचन श्रेष्ठ र निलम महतको पहलमा त्यहाँ रहेका नेपालीहरुले पठाएको आर्थिक सहयोगमा जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानले भेरी नगरपालिकाको डिंगा, नलगाड नगरपालिकाको कल्पत, कैना, टट्टा र कुशे गाउँपालिकाको धर्नासीमा महिलाहरुका लागि वाक्लो पछयौरा, पुरुषहरुका लागि स्वीटर र टोपी वितरण गरेको जाजरकोट सम्प्दा संरक्षण प्रतिष्ठानका अध्यक्ष जन केसीले जानकारी दिए ।

पतिष्ठानले सस्थागत निर्णय गरेर चार ठाउँमा पदाधिकिारी तथा सदस्यहरुको अगुवाइमा उक्त सामाग्रीहरु वितरण गरेको अध्यक्ष केसीले वताए । अध्यक्ष केसीका अनुसार भेरी नगरपालिकाको डिंगामा अध्यक्ष केसी र कोषाध्यक्ष शोभा सिंह तथा साधारण सदस्य टवीन कार्कीले २ सय १६ जनालाइ, कुशेको धर्नासी र समाइलामा उपाध्यक्ष अमरवहादुर रोकाय र सचिव प्रचन्डजंग शाहले दुइ सय जनालाइ, उपाध्यक्ष रीता पुनले नलगाड नगरपालिकाको कैना टटटामा तीन सय जनालाइ र सदस्यहरु अच्युत प्रसाद शर्मा, अमरवहादुर शाह र सहदेवजंग शाहले नलगाडको कल्पतमा तीज सय जनालाइ उक्त सामाग्रीहरु वितरण गरेका छन् ।

जाजरकोटका भुकम्प पिडितहरुलाइ सहयोग गर्न भन्दै विदेशमा रहेका मनकारी जाजरकोटीको पहलमा प्रतिष्ठानलाइ जर्मन स्थित मुन्चेनमा बस्ने नेपालीहरुवाट ८ लाख ५२ हजार, अमेरीकामा रहेका नेपालीहरुवाट ४ लाख ४६ हजार ७ सय ७८ र अष्ट्रेलियमा रहेका नेपालीहरुवाट २ लाख ३६ हजार १ सय १७ गरि जम्मा १५ लाख ३४ हजार ८ सय ९५ रकम जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठालाइ प्राप्त भएको थियो । उक्त रकमवाट ५ सय पछयौरा, ५ सय स्वीटर र ५ सय उनको टोपी र १ सय ५ वटा टेन्ट खरिद गरिएको अध्यक्ष केसीले वताए ।

आफनो जन्मभुमिको मायाले विदेशी भुमिवाट जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठान मार्फत सहयोग गरिएको जर्मनमा रहेकी जाजरकोटी विना खाणले वताइन् । उनले आफुहरुको सँस्था हिमालयन परिवार इ.भी मुन्चेनमा आवद्ध नेपालीहरुले ठुलो दिल गरेर भुकम्प प्रभावित जाजरकोटीको लागि सहयोग गरेको वताइन् ।

यस्तै अमेरीकामा रहेकी अर्की जाजरकोटी आकृति राज्य लक्ष्मी शाहले पनि जन्मभुमि जाजरकोटको पिडामा साथ दिन आफुले अमेरीकामा रहेका नेपालीहरुवाट सहयोग जुटाएको वताइन् । उनले दुखमा साथ दिने नेपाली चलनलाइ आफुहरुले प्रदर्शन गरेको वताइन् । यस्तै अष्टेलियामा रहेका जाजरकोटी निर्वाचन श्रेष्ठले पनि आफु विदेशमा हुदा पनि जन्मभुमिको मायाले यो सहयोग जुटाएको वताए । उनले आफुले गरेको आग्रहलाइ अष्टेलियमा रहेका नेपालीले स्वीकार गरेर जाजरकोटीको दुखमा साथ दिएको वताए ।

मंगलवार न्यानो कपडा वितरण गर्ने काम सकिएको र टेन्ट जिल्ला प्रशासन कार्यालयको समन्वयमा वितरण गर्ने तयारी रहेको प्रतिष्ठानले जनाएको छ । भुकम्पवाट प्रभावितहरुका लागि विदेशमा रहेका नेपालीहरुवाट प्राप्त सहयोगलाइ प्रभावित जनतालाइ न्यायपुर्ण ढंगले व्यवस्थित रुपमा वितरण गरिएको प्रतिष्ठानका उपाध्यक्ष अमरवहादुर रोकायले वताए । उनले आफुहरुले वितरण गरेका सामाग्रीहरु पाएर स्थानीय प्रभावितहरु खुसी हुदै विदेशमा वस्ने नेपालीहरुको जयजयकार गरेको वताए । यस्तै भुकम्पवाट अति प्रभावित नलगाड १ का स्थानीयले पनि न्यानो कपडा सहयोग गर्ने विदेशमा रहेका नेपालीहरु प्रति आभार व्यक्त गरेको प्रतिष्ठानका सदस्य अमरवहादुर शाहले वताए । जिल्लाका सम्पदाहरुको संरक्षणको अभियानमा क्रियाशील प्रतिष्ठानले भुकम्पले प्रभावित जनताको लागि सहयोग गर्न गरेको पहल सराहनीय रहेको भेरी नगरपािलका २ डिंगा स्थित कालिका आधारभुत विद्यालयकी प्रधानाध्यापक यसोदा थापाले वताइन । जिल्लाका मौलिक सम्पदाहरुसंगै दुखमा परेका जनताका लागि सहयोग जुटाउने प्रतिष्ठानको कार्यले सर्वसाधारण जनता खुसी भएको उनले वताइन् । यस्तै कुशे ७ धर्नासीकी दिलमाया रानाले पनि विदेशमा रहेका नेपालीले जाजरकोटका भुकम्प प्रभावितका लागि दुखमा ठुलो सहयोग गरेको वताइन् ।

प्रतिकृया दिनुहोस्