News Portal

भेरीमा नगर बस संचालमा

पाँचकाटियामा नगर बस पुग्यो, स्थानीय हर्षित

२२९ पटक

भेरी नगरपालिकाले नगर बस संचालन ल्याएको छ । सडक डिभिजन कार्यालयले रुटप्रमिट दिएपछि नगरपालिकाले सुक्रबारदेखि नगर बस संचालनमा ल्याएको हो ।

कुशे गाउँपालिका–५ पाँचकाटियामा सनिबार नगर बस पुगेपछि त्यहाँका स्थानीयहरु हर्षित भएका छन् । यो भन्दा पहिला जीपहरु मत्र संचालन हुदै आएको पाँचकाटियामा बसनै पुगेपछि स्थानीयहरु ख्ुशी भएका हुन् । जिल्ला सदरमुकाम खलंगामा आउन जानका लागि गाडीनै नपाउने पाएपनि महंगो भाडा तिर्दै आएका पाँचकाटिया लगाएत कुशे गाउँपालिकाका नागरिकहरु नगर बस नियमित हुने भएपछि खुशी भएका हुन् ।

भेरी नगरपालिकाले संचालन गरेका २ वटा नगर बस छुट्टाछुट्टै २ वटा रुटमा संचालन गरिने नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्तीले जानकारी दिए । अधिकृत घर्तीका अनुसार एउटा बस बिहान ७ बजे कार्कीगाउँ देखि खलंगा र खलंगा देखि रिम्ना हुदै कालीमाटी पुगेर कार्कीगाउँ फर्किने छ भने अर्को बस पाँचकाटिया देखि खलंगा, कुदु हुँदै छेडा बजार पुगेर फर्किनेछ ।

नगरबसको भाडा भने यसअघि कै जिल्लाको भाडादर कायम गरिएको छ । नगर बसमा महिला, जेष्ठ नागरिक र अपाङ्कता भएका व्यक्तिका लागि आरक्षण सिटको व्यवस्था गरिएको छ । अन्य सहुलियत दिने विषयम आगामी नगरसभाबाट निर्णय हुने नगरपालिकाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्