News Portal

समाज सेवी तथा शिक्षा प्रेमी गौतमद्धारा नलगाड–२ मा राहत वितरण

अक्षय कोष स्थापना गर्न विद्यालयलाई नगद हस्तान्तरण

३८२ पटक

समाज सेवी तथा शिक्षा प्रेमी सुदाम गौतमले नलगाड नगरपालिका–२ मा राहत सामाग्री वितरण गर्नुको साथै अक्षय कोष स्थापनाको लागि दुई वटा विद्यालयलाई नगद हस्तान्तरण गरेका छन् । नलगाड–२ डाँडागाउँका भुकम्प पीडितहरुलाई गौतमले सनिबार विभिन्न राहत सामाग्री वितरण गरेका हुन् । गरीब तथा जेहेन्दार विद्यार्थीहरुको शैक्षिक अधिकार सुनिश्चित गर्न गौतमले अक्षय कोष स्थापना गर्न दुई वटा विद्यालयलाई नगद हस्तान्तरण गरेका छन् ।

डाडाँगाउँका २०० घरधुरी भुकम्प पीडितहरुलाई त्रिपाल, कम्मल, बालबालिकालाई न्यानो कपडा र जेष्ठ नागरिकलाई जकेट सहितको राहत सामागी वितरण गरेको गौतमले जानकारी दिएका छन् । गत कातिक १७ गते मध्ये रातीको भुकम्पबाट घरबाससंगै आफन्त गुमाएका पीडितहरुको पीडासंग एकाकार हुनुको साथै पीडितहरुको पीडामा मलम लगाउन आफुले उक्त राहत सामाग्री वितरण गरेको गौतमले भनाई राखेका छन् ।

नलगाड–२ मा रहेको कालिका आधारभुत विद्यालय र जनक आधारभुत विद्यालयको पूर्व विद्यार्थी समेत रहेका गौतमले उक्त विद्यालयमा अक्षय कोष स्थापना गर्न कालिका आधारभुत विद्यालय र जनक आधारभुत विद्यालयलाई ५०–५० हजार गरी एक लाख नगद हस्तान्तरण गरेका छन् । शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान गर्दै आएका गौतमले गरीब तथा जेहेन्दार विद्यार्थीहरुका लागि दुई वटा विद्यालयमा अक्षय कोष स्थापना गर्न उक्त रकम हस्तान्तरण गरिएको जानकारी दिएक छन् ।

कर्णाली प्रदेश सरकारको जलस्रोत तथा उर्जा विकास मन्त्री उर्मिला विश्वकर्माको प्रमुख आथित्यतामा भुकम्प पीडितहरुलाई राहत सामाग्री वितरण गर्नुको साथै अक्षय कोष स्थापना गर्न विद्यालयलाई रकम हस्तान्तरण गरिएको थियो । उक्त आयोजित कार्यक्रमका अन्य अतिथिहरुमा नलगाड नगरपालिकाका कार्यबहाक प्रमुख कौशी बहादुर खड्का, नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज गगन बहादुर खड्का, पुर्व नगर प्रमुख टेक बहादुर रावल, वडा अध्यक्ष पूर्ण बहादुर खत्री, पूर्व वडा अध्यक्ष रामकुमार जैसी लगाएत विभिन्न राजनीतिक दलका प्रतिनीधिहरु रहेका थिए ।

संयुक्त राज्य अमेरीकामा पीएचडी गर्न अध्ययनरत विद्यार्थी गौतमले ४ लाख बराबरको न्यानो कपडा सहितको राहत सामाग्री वितरण गरेका छन् भने, ५०–५० हजारको अक्षय कोष स्थापना गर्न दुई वटा विद्यालयलाई एक लाख नगद हस्तान्तरण गरेका छन् ।

प्रतिकृया दिनुहोस्