News Portal

जाजरकोटमा ७०८ जना कोरोना संक्रमित, ३०० जना कोरोना मुक्त

६११ पटक

जाजरकोट जिल्लामा हालसम्म ७०८ जनालाई कोरोना संक्रमण भएको बिबरण जिल्ला प्रशासन कार्यालय, जाजरकोटले सार्बजनिक गरेको छ । आईतबार सार्बजनिक गरेको बिबरणकानुसार ३०० जना कोरोना सन्चो भएर घर फर्केका छन् भने, हाल जिल्लामा सक्रिय संक्रमित ३९८ जना रहेका छन् ।

हालसम्म ७ हजार ८०५ जनालाई गरिएको परिक्षणबाट ७०८ जनालाई कोरोना पुष्टी भएको जिल्ला प्रशासन कार्यालयले सार्बजनिक गरेको बिबरणमा उल्लेख गरिएको छ । ११ चैत २०७६ देखि २ जेठ २०७८ सम्मको बिबरणमा ६ हजार ५८६ जनालाई गरिएको पिसीआर परिक्षणबाट २९१ जनालाई कोरोना पुष्टी भएको उल्लेख गरिएको छ । २९१ जना मध्ये १११ जना सन्चो भएर घर फर्केका छन् भने, १८० जना सक्रिय संक्रमितहरुले होम तथा अस्पतालको आईशोलेसनमा रहेर उपचार गराई रहेका छन् ।

त्यसैगरी १ हजार २१८ जनालाई गरिएको एन्टीजेन परिक्षणबाट ४१७ जनालाई कोरोना पुष्टी भएको थियो । पुष्टी भएका ४१७ जनामध्ये १८९ जना सन्चो भएर घर फर्केका छन् भने, २२८ जना सक्रिय संक्रमितहरुले होम तथा अस्पतालको आइशोलेसनमा रहेर उपचार गराई रहेका छन् । उपचारका लागि जिल्ला भन्दा बाहिर ८ जनालाई रिफर गरिएको छ भने, २ जनाको मृत्यु भएको छ ।

जिल्ला अस्पताललाई कोभिड–१९ उपाचार अस्पताल बनाउनुको साथै उक्त अस्पतालमा १०३ वटा आईशोलसन बेड रहेको जानकारी दिईएको छ । अक्सिजन सहितका ३३ वटा र ७० वटा साधारण आइशोलेसन बेड रहेको सार्बजनिक गरिएको विवरणमा उल्लेख गरिएको छ । ३ वटा आईसीयु कक्ष रहेको अस्पतालमा १ वटा भेन्टिलेटर कक्षमा १ वटा एचडीयू बेड रहेको जिल्ला प्रशासन कार्यालयले सार्बजनिक गरेको बिबरणमा उल्लेख छ ।

जिल्लामा ६८ वटा अक्सिजन सिलिण्डर
जाजरकोट जिल्लामा ६८ वटा अक्सिजन सिलिण्डर रहेको जिल्ला प्रशासन कार्यालय, जाजरकोटले जनाएको छ । जिल्ला अस्पताल, नगर तथा गाउँपालिका र निजी उद्योगमा गरेर जिल्लामा ६८ वटा अक्सिजन सिलिण्डर रहेको कार्यालयले सार्बजनिक गरेको बिबरणमा उल्लेख गरेको छ ।

संक्रमित खोज्दै भेरी नगरपालिकाका स्वास्थ्यकर्मीहरु गाउँ–गाउँमा
कोरोना संक्रमित बिरामीहरुलाई खोज्दै भेरी नगरपालिकाका स्वास्थ्यकर्मीहरु गाउँ–गाउँमा पुग्ने गरेका छन् । नयाँ भेरियन्ट सहितको कोभिड–१९ संक्रमणको दोस्रो लहरलाई रोकथाम, नियन्त्रण, उपचार तथा स्वास्थ्य परामर्श दिन गाउँ गाउँमै पुगेका नगरपालिकाका स्वास्थ्यकर्मीहरुले १ हजार २३ जनाको स्वाव संकलन तथा परिक्षण गरेको नगरपालिकाको जनस्वास्थ्य निरिक्षक निशा थापा केसीले जानकारी दिएकी छन् । उनले दिएको जानकारी सनिबारसम्मको मात्र हो ।

कोरोना परिक्षणको लागि हामीले गाउँ गाउँमै पुगेर १ हजार ३३ जनाको स्वाब संकलन गरेका थियौं तर, ३०२ जनाको रिर्पोट पठाउन सुर्खेत ल्याब प्रयोगशालाले ढिलाई गरिरहेको छ जनस्वास्थ्य निरिक्षक निशाले भनिन्–‘गत बैसाख २५ गते संकलन गरेर पठाएको स्वाव रिर्पोटको जानकारी प्रयोगशालाले हामीलाई सनिबार मात्र पठाएको छ, १२६ जनमा गरिएको परिक्षणबाट ५६ जनामा कोरोना पुष्टी भएको छ ।’ स्वाव संकलन गरेको एक हप्ता पछि आउने रिर्पोटले कोरोना संक्रमित भएका र नभएका व्यक्तिहरुलाई छुट्याएर राख्न निकै गाह्रो भएको भनाई राख्दै नगर स्वास्थ्य शाखाका सिनियर अहेव यज्ञनाथ गौतमले स्वाब परिक्षणमा ठुलै राजनीति हुने गरेको बताए । पिसीआर ल्याब प्रयोगशाला राजनैतिक पहुँचको आधारमा चल्ने र जहाँ जसको राजनैतिक पहुँच पुग्छ त्यहाँको स्वाव जाँच छिटो हुने गरेको उनले भनाई राखे । जाजरकोट, डोल्पा जस्ता जिल्लाबाट गएको स्वावलाई खाली भएको समयमा प्रयोगशालाले सय, दुई सय किटको स्वावलाई झिकेर परिक्षण गर्ने गरेको गोतमको भनाई रहेको छ ।

भेरी नगरपालिकाको स्वास्थ्य शाखाले गरेको परिक्षणबाट ३०७ जनालाई कोरोना पुष्टी भएको जानकारी दिदै जनस्वास्थ्य निरिक्षक निशाले भनिन्–‘नगरपालिकाको साधारण आइशोलेसनमा ३० जना संक्रमित रहेका छन, १० जना संक्रमितले उपचार आइशोलेसनमा रहेर उपचार गराई रहेका छन्, १९७ जना संक्रमितहरु होम आइशोलेसन रहेका छन्, ६८ जना सन्चो भएर घर फर्केका छन्, थप उपचारको लागि २ जनालाई जिल्ला भन्दा बाहिर रिफर गरिएको छ भने, १ जनाको मृत्यु भएको छ ।’

पिसीआर परिक्षणको लागी नगर स्वास्थ्य शाखाले ५५९ जनाको स्वाव संकलन गरेको थियो भने, ३०२ जनाको रिर्पोट पठाउन ल्याब प्रयोगशालाले बाँकी राखेको छ भने, २५७ जनाको रिर्पोटमा १६२ जनालाई कोरोना पुष्टी भएको थियो । त्यसैगरी ४५४ जनालाई गरिएको एन्टीजेन परिक्षणबाट १४५ जनालाई कोरोना पुष्टी भएको नगर स्वास्थ्य शाखाले जानकारी दिएको छ ।

छेडागाड नगरपालिकामा ६८ जना संक्रमित
छेडागाड नगरपालिकामा कोरोना संक्रमितहरुको संख्या ६८ जना पुगेको छ । सुर्खेत ल्याब प्रयोगशालाबाट आईतबार आएको पिसीआर रिर्पोटले ८२ जनाको स्वाब परिक्षणबाट ४८ जनालाई कोरोना पुष्टी भएको नगर अस्पतालमा कार्यरत कुन्ता गिरीले जानकारी दिएकी छन् । कोरोना पुष्टी भएका ४८ जना मध्येमा नगरपालिकाका जनप्रतिनीधि, कर्मचारी, गैरसरकारी संघ÷संस्थामा कार्यरत कर्मचारी र स्थानीय नागरिक रहेका छन् । छेडागाड नगरपालिकामा संक्रमित ६८ जना मध्ये हालसम्म सन्चो भएर कसैलाई पनि डिस्चार्ज गरिएको रिर्पोट नगर अस्पतालमा नभएको गिरीले बताईन् ।

गिरीले दिएको जानकारी अनुसार छेडागाड नगर अस्पतालले २० वटा साधारण आईशोलेसन बेड र १३ वटा अक्सिजन सहितका बेडमा संक्रमितहरुलाई राखेर उपचार गरिरहेको छ भने, बाकी अन्य संक्रमितहरु स्वास्थ्यकर्मीहरुको निगरानी, उपचार र परामर्शमा होम आईशोलेसनमा रहेर उपचार गराई रहेका छन् । ५ सय एन्टीजेन किटको व्यवस्था गरीसकेको जानकारी दिदै गिरीले नगर अस्पतालले कोरोना परिक्षणको दायरालाई बढाउन लागेको जानकारी दिएकी छन् ।

कुशे गाउँपालिकामा हालसम्म ७ जना संक्रमित
कोभिड–१९ को दोस्रो लहर पश्चात कुशे गाउँपालिकामा ७ जनालाई कोरोना पुष्टी भएको छ । १२७ जनालाई गरिएको एन्टीजेन परिक्षणबाट ७ जनालाई कोरोना पुष्टी भएको हो । सहकर्मी निर्मला थापाले दिएको जानकारी अनुसार आईतबार ७८ जनालाई गरिएको एन्टीजेन परिक्षणबाट ५ जनालाई कोरोना पुष्टी भएको हो भने, यो भन्दा अगाडी ४९ जनालाई गरिएको परिक्षणबाट २ जनालाई कोरोना पुष्टी भएको थियो । आईतबार कोरोना पुष्टी भएका ५ जना मध्ये बिद्यार्थी, शिक्षक, होटल तथा पसल व्यवसायी र कर्मचारी रहेका छन् ।

प्रतिकृया दिनुहोस्