News Portal

भुकम्पले क्षेती भएका जनताका सबै घर बनाउने जिम्मा सरकारले लिन्छः मन्त्री आचार्य

५५२ पटक

भुकम्पले क्षेत्री भएका जनताका सबै घर बनाउने जिम्मा सरकारले लिने महिला, बालबालिका तथा जेष्ठनागरिक मन्त्री सुरेन्द्र राज आचार्यले बताएका छन् । भुकम्प पीडितहरुको अबस्था बुझ्न सोमबार भेरी नगरपालिका–१ रावतगाउँ पुगेका मन्त्री आचार्यले यस्तो बताएका हुन् ।

भुकम्पबाट भएको मानविय क्षेत्रीको पुर्ति सरकारले गर्न नसक्ने बताउदै मन्त्री आचार्यले मृतकहरुप्रति श्रद्धा व्यक्त गरेका थिए । शोकाकुल परिवारजनप्रति सम्वेदना व्यक्त गरेका मन्त्री आचार्यले भुकम्पबाट क्षेती भएका जनताका सबै घरहरु बनाउने जिम्मा सरकारले लिने भनाई राखेका थिए ।

झरी लाग्नु भन्दा पहिलेनै पालमुनी रहेका भुकम्प पीडितहरुलाई अस्थायी आबासमा लिई सक्ने सरकारको लक्ष्य रहेको मन्त्री आचार्यले बताएका थिए । भुकम्प गएको ३६ घण्टा भित्रै प्रभावित क्षेत्रमा पुगेर खोज, उद्धार, उपचार, राहत वितरण जस्ता कार्यमा नेपाल सरकारलाई सहयोग गर्दै आएको सेभ द चिल्ड्रेन र सेभ द चिल्ड्रेनसंग साँझेदार स्थानीय संघ÷संस्था लगाएतका विभिन्न दातृ निकाय तथा दाताहरुलाई मन्त्री आचार्यले धन्यवाद दिएका थिए । भुकम्प प्रभावितहरुको पुर्ननिर्माण तथा पुर्नस्थापनासम्मको काममा नेपाल सरकारलाई सहयोग गर्न मन्त्री आचार्यले सम्पूर्ण दातृ निकायलाई अपिल गरेका थिए ।

भुकम्प गएको ३६ घण्टा देखि निरन्तर रुपमा स्थानीय संस्थासंगको साँझेदारीमा सेभ द चिल्ड्रेनले भुकम्प पीडितहरुलाई विभिन्न प्रकारका राहत सामाग्रीहरु वितरण गर्दै आएको सेभ द चिल्ड्रेनको निमित्त राष्ट्रिय निर्देशक तारा क्षेत्रीले भनाई राखेकी थिईन् । भुकम्प लगाएतका विभिन्न विपदहरुमा सबैभन्दा बढि जोखिममा सुत्केरी र गर्भवति महिला, सुनौला हजार दिनभित्रका बालबालिका र अपाङ्गता भएका व्यक्तिहरु रहने क्षेत्रीले बताईन् ।

जोखिमा रहेका २ बर्ष मुनीका सुत्केरी, ५ महिना भन्दा माथिका गर्भवति महिला र क र ख वर्गका अपाङ्गता भएका व्यक्तिहरुलाई इको फन्टको आर्थिक सहयोगमा सेभ द चिल्ड्रेनले पाँच तारा युवा संरक्षक मञ्च, जाजरकोटसंगको साँझेदारीमा नलगाड नगरपालिका–३ र ४, रुकुमपश्चिमको आठबीसकोट नगरपालिका–११ का ४०० घरपरिवारलाई टेन्ट वितरण गरेको जानकारी दिईन् । त्यसैगरी इको फन्टको आर्थिक सहयोगमा पहाडी क्षेत्र विकास अभियानसंगको साँझेदारीमा सेभ द चिल्ड्रेनले भेरी नगरपालिका–१, ३ र ४, कुशे गाउँपालिका–७ र रुकुमपश्चिको सानोभेरी गाउँपालिकाका ४०० घरपरिवारलाई टेन्ट वितरण गरेको क्षेत्रीले जानकारी दिएकी थिईन् ।

ओछ्याउनलाई विन्टराइजेसन किट सहितको वितरण गरिएको टेन्टमा धुवा रहित आधुनिक चुलो जडान गरिएको छ । नेपाल सरकारद्धारा भन्सार छुट गरिएको प्रतिटेन्ट मुल्य १ लाख ११ हजार ३७ रुपैया १० पैसा रहेको बताईएको छ । पार्टीसन गरेर ४ वटा कोठा भएको सम्पूर्ण सामाग्री सहित उक्त टेन्ट मन्त्री आचार्यले सोमबार रावतगाउँकी पुतला विकलाई हस्तान्तरण गरेका थिए । विक दुई बर्ष मुनीकी सुत्केरी हुन् ।

मन्त्री आचार्यसंगै भुकम्प पीडितहरुको अबस्थालाई बुझ्न रावतगाउँ पुगेका भेरी नगरपालिकाका प्रमुख चन्द्र प्रकास घर्तीले राहत वितरण, अस्थायी आबास निर्माणसंगै पुर्ननिर्माणको कामलाई संगसंगै बढाउनुपर्ने भनाई राखेका थिए । भेरी नगरपालिकाका १३ वटा सरकारी विद्यालय पुर्ननिर्माणको लागि अन्य दातासंग सम्झौता गरिसकेको बताएका थिए । भुकम्प पीडितहरुको अबस्था बुझ्न मन्त्री आचार्यसंगै प्रमुख जिल्ला अधिकारी सुरेश सुनार, भेरी नगरपालिकका उपप्रमुख सिता जैसी लगाएतका विभिन्न संघ÷संस्थाका प्रतिनीधिहरु रावतगाउँमा पुगेका थिए ।

प्रतिकृया दिनुहोस्