News Portal

सोसाइटी अफ ट्रान्सपोर्ट इन्जिनियर्स नेपालद्धारा जाजरकोटका भुकम्प पीडितलाई राहत

२८६ पटक

सोसाइटी अफ ट्रान्सपोर्ट इन्जिनियर्स नेपालले जाजरकोटका भुकम्प पीडितहरुलाई राहत हस्तान्तरण गरेको छ । जिल्ला विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन समिति मार्फत सोसाइटी अफ ट्रान्सपोर्ट इन्जिनियर्स नेपालले जाजरकोटका भुकम्प पीडितहरुलाई राहत हस्तान्तरण गरेको हो ।

कात्तिक १७ गतेको मध्येराती जाजरकोटको रामीडाँडा केन्द्र विन्दु बनाएर गएको भूकम्पले ठुलो मात्रामा जनधनको क्षेति पुगेको जाजरकोट जिल्लाका भुकम्प पीडितहरुलाई सोसाइटी अफ ट्रान्सपोर्ट इन्जिनियर्स नेपालले बिहिबार राहत हस्तान्तरण गरेको थियो । सोसाइटी अफ ट्रान्सपोर्ट इन्जिनियर्स नेपालले पीडितलाई पुग्नेगरी जिल्ला सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाइ राहत सामाग्री हस्तान्तरण गरेको थियो ।

सोसाइटीमा आबद्ध सदस्यहरूबाट संकलन गरिएको रकमबाट राहत सामग्री उपलब्ध बनाएको सोसाइटी अफ ट्रान्सपोर्ट इन्जिनियर्स नेपालका अध्यक्ष पदमबहादुर शाहीले जानकारी दिएका छन । अध्यक्ष शाहीका अनुसार प्रभावित क्षेत्रका भूकम्प पीडितलाई जाडो समयमा थोरै भएपनि सहज होस भनेर ४० वटा कम्बल हस्तान्तरण गरिएको छ ।

उक्त राहत सामग्री ४० हजार बराबरको रहेको सोसाइटी अफ ट्रान्सपोर्ट इन्जिनियर्स नेपालले जनाएको छ । सोसाइटी अफ ट्रान्सपोर्ट इन्जिनियर्स नेपालका आजीवन सदस्य तथा चौरजहारी सडक डिभिजन प्रमुख तेजस्वी शर्माको सहजिकरणमा जाजरकोट जिल्ला विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन समितिलाइ उक्त राहत सामाग्री हस्तान्तरण गरिएको थियो । सडक डिभिजन प्रमुख तेजस्वी शर्माले दिएको जानकारी अनुसार सोसाइटी अफ ट्रान्सपोर्ट इन्जिनियर्स नेपाल केही दिन पहिला रुकुमपश्चिमका भुकम्प पीडितहरुलाई पनि राहत सामाग्री हस्तान्तरण गरेको थियो ।

प्रतिकृया दिनुहोस्