News Portal

युवा ब्यबसायी धीरेन्द्र पुनद्धारा बारेकोट गाउँपालिकालाई ४ वटा अक्सिन सिलिण्डर हस्तान्तरण

९४६ पटक

युवा व्यवसायी धीरेन्द्र पुनले बारेकोट गाउँपालिकालाई ४ वटा अक्सिजन सिलिन्डर हस्तान्तरण गरेका छन् । एक लाख २० हजार मुल्य बराबरका ४ वटा अक्सिजन सिलिण्डर व्यवसायी पुनले सोमबार गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहलाई हस्तान्तरण गरेका हुन् ।

अक्सिजन सिलिण्डरको अभावमा कोरोना संक्रमित बिरामीहरुको उपचारमा समस्या भईरहेको वेला पुनले कोभिड–१९ का विरामीहरुको उपचारमा योगदान पुग्नेगरी गाउँपालिकालाई ४ वटा सिलिण्डर हस्तान्तरण गरेका हुन् । गाउँपालिकालाई पुनले हस्तान्तरण गरेका ४ वटा अक्सिजन सिलिण्डरबाट कोभिड–१९ का संक्रमित बिरामीको उपचारमा मद्दत पुग्ने गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले बताएका छन् । बिश्वलाई प्रभावित बनाई रहेको कोभिड–१९ को भयानक आतंकले सिर्जना गरेको समस्या र अभावको वेला गाउँपालिकालाई अक्सिजन सिलिण्डर दिएर सहयोग गर्ने युवा फर्निचर व्यवसायी पुनप्रति आभार व्यक्त गर्दै अध्यक्ष शाहले धन्यवाद दिएका छन् ।

पुनले गाउँपालिकालाई एक भरेको र तीन वटा खालि सिलिण्डर हस्तान्तरण गरेको जानकारी दिदै अध्यक्ष शाहले बारेकोट गाउँपालिकाको लिम्सामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा १० वटा अक्सिजन सिलिण्डरको व्यवस्था गर्न सफल भएको बताएका छन् । भौगलिक रुपमा विकट बारेकोटमा १० वटा अक्सिजन सिलिण्डरले मात्र कोभिड–१९ का बिरामीहरुलाई उपचार गर्न प्रयाप्त नहुने बताउदै अध्यक्ष शाहले थप सिलिण्डरको ब्यबस्थापनमा आफु जुटी रहेको जानकारी दिएका छन् ।

पेशा तथा व्यवसायले आफु जहा रहेता पनि बारेकोटकै नागरिक हुनुको नाताले आफुले बारेकोट गाउँपालिकालाई सहयोग गरेको जयलक्ष्मी फर्निचर उद्योगका प्रोपराईटर पुनले जानकारी दिए । गाउँपालिकालाई सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्दै नेपाल मगर संघ, जाजरकोटका अध्यक्ष समेत रहेका व्यवसायी पुनले आफुले गरेको सहयोगबाट बिपन्न नागरिकको उपचारमा योगदान पुग्ने विश्वास व्यक्त गरेका छन् ।

प्रतिकृया दिनुहोस्