आज : २०८१ कार्तिक ३० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

सेवा करारमा जाजरकोट आउने विशेषज्ञ चिकित्सकलाइ मासिक एक लाख प्रोत्साहन भत्ताको व्यवस्था

डिजिटल संचार संवाददाता प्रकाशित : २०८०/१०/२ गते
जाजरकोट

सेवा करारमा जाजरकोट अस्पतालमा आउने विशेषज्ञ चिकित्सकलाइ मासिक एक लाख प्रोत्साहन भत्ता दिने व्यवस्था गरिको छ । कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले गरेको विज्ञापन अनुसार जाजरकोट अस्पतालमा आउने विशेषज्ञ चिकित्सकलाइ अस्पताल विकास समितिले मासिक एक लाख प्रोत्साहन भत्ता दिने व्यवस्था गरेको हो ।

मन्त्रालयले प्रदेशका ९ वटा जिल्लाको लागि गत पुस १८ गते सेवा करारमा नवौं तहका विशेषज्ञ चिकित्सकहरुको लागि विज्ञापन निकालेको छ । जाजरकोट अस्पतालको लागि मन्त्रालयले नवौं तहको कन्सल्टेन्ट जनरल फिजिसियन, कन्सल्टेन्ट सर्जन, कन्सल्टेन्ट अब्स्टेट्रिसियन एण्ड गाइनेकोलोजिस्ट, कन्सल्टेन्ट पेडियाट्रिसियन, कन्सल्टेन्ट अर्थोपेडिक सर्जन, कन्सल्टेन्ट एनेस्थेसियोलोजिस्ट चिकित्सक सेवा करारको लागि विज्ञापन गरेको छ । मन्त्रालयले गरेको उक्त विज्ञापनमा जाजरकोट अस्पतालमा आउने नवौं तहका सबै विशेषज्ञ चिकित्सकलाइ मासिक एक लाख भत्ता दिने व्यवस्था गरिएको अस्पताल विकास समितिका अध्यक्ष डम्बर बहादुर सिंहले जानकारी दिएका छन् ।

विशेषज्ञ चिकित्सकहरुलाइ आकर्षित गर्न अस्पताल विकास समितिले प्रोत्साहन भत्ता स्वरुप प्रतिचिकित्सकलाइ प्रतिमहिना एक लाख भत्ताको व्यवस्था गरिएको अस्पताल विकास समितिले सार्वजनिक सुचना टाँस गरेको छ । सेवा करारमा सामाजिक विकास मन्त्रालयले जाजरकोट अस्पतालमा विशेषज्ञ चिकित्सकहरु पठाएपछि अस्पताले दिदै आएका सेवाहरु विस्तार हुने अस्पताल विकास समितिले जनाएको छ ।

५० शैयाको भौतिक संरचना निर्माण हुनुको साथै प्रयोगमा आएतापनि ५० शैयाको अस्पतालले दिनुपर्ने सेवाहरु विस्तार हुन सकेको थिएन । दक्ष जनशक्तिको अभावमा संचालनमा आउन नसकेका सेवाहरुलाई तत्कालै संचालनमा ल्याउन अस्पताल विकास समिति लागि परेको अध्यक्ष सिंहले बताएका छन् ।


Tagged
प्रतिकृया दिनुहोस्