Hamro Sanchar

१३१ वटा अस्थायी आवास निर्माण गरी स्थानीय तहलाई हस्तान्तरण

डिजिटल संचार संवाददाता प्रकाशित : २०८०/१०/२० गते
जाजरकोट

स्टार्ट फण्ट नेपालको सहयोगमा पाँचतारा युवा संरक्षक मञ्च जाजरकोट र वल्र्ड भिजन इन्टरनेशनलको साझेदारीमा १३१ वटा अस्थायी आवासहरु निर्माण गरी स्थानीय तहलाई हस्तान्तरण गरेको छ । गत कार्तिक १७ गते राती जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको बिनाशकारी भुकुम्पका कारण भएको भौतिक क्षतिको सामना गर्न टार फण्ट नेपालको सहयोगमा पाँचतारा युवा संरक्षक मञ्च जाजरकोट र वल्र्ड भिजन इन्टरनेशनलको साझेदारीमा १३१ वटा अस्थायी आबास निर्माण गरेका थिए ।

भुकम्पले अस्त व्यस्त भएको जनजीवनमा सहजता ल्याउन जाजरकोट र रुकुम (पश्चिम) जिल्ला बिपद ब्यबस्थापन समितिको अनुमतिमा स्थानीय सरकारसंगको समन्वयमा जाजरकोट जिल्लाको नलगाड नगरपालिका वडा नं ६ र रुकुम (पश्चिम) जिल्लाको आठबिसकोट नगरपालिका वडा नं ४ मा १३१ वटा अस्थायी आबास निर्माण गरिएको थियो ।

अस्थायी आवास निर्माण कार्यक्रममा फलामे ट्रस सहितको रंगिन टिनको छाना र टिनकै भित्ता रहेको आवास सहित शौचालय र खानेपानी केन्द्र समेत निर्माण गरि हस्तान्तरण गरिएको पाँचतारा युवा संरक्षक मञ्चले जानकारी दिएको छ । अस्थायी आवास निर्माण गर्न प्रति घरधुरी १ लाख ६२ हजार ५०० शौचालयका लागी १५ हजार र खानेपानी केन्द्रका लागी ६ हजार ५०० गरि जम्मा १ लाख ८४ हजार प्रदान गरिएको बताईएको छ । १३१ घरधुरीमा कुल लागत २ करोड ४१ लाख ४ हजार रहेको थियो । जसमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका ४ मा ६७ वटा र जाजरकोट जिल्लाको नलगाड नगरपालिका ६ मा ६४ वटा आवास निर्माणको प्याकेज सम्पन्न गरी औपचारिक कार्यक्रमका बिच स्थानीय सरकारको रोेहबरमा सम्बन्धित वडाका वडा अध्यक्षहरुलाई हस्तान्रण गरिएको थियो ।

हस्तान्रण कार्यक्रममा नलगाड नगरपालिकाका प्रशासन शाखा प्रमुख ठकेन्द्र गिरी र आठबिसकोट नगरपालिकाको तर्फबाट नगर उप–प्रमुख धनकुमारी शाहीको उपस्थिति रहेको थियो । साझेदार संस्था पाँचतारा युवा संरक्षक मञ्च जाजरकोटका अध्यक्ष छबि पन्त, परियोजना संयोजक कुबेर के सी, वल्र्ड भिजन इन्टरनेशलनका कार्यक्रम पुर्बतयारी तथा एकिकृत प्रतिकार्य ब्यबस्थापक ध्र्रुब गुरुवाचन, कार्यक्रम ब्यबस्थापक मानबीर बिश्वकर्मा, स्टार्ट फण्ड नेपालका प्रमिला सुबेदी र राजु आचार्यको उपस्थिति रहेको थियो ।

 


Tagged
प्रतिकृया दिनुहोस्