Hamro Sanchar

लाल आवाज साप्ताहिक पत्रिकाका प्रकाशक, सम्पादक आरसीलाई पृती शोक

डिजिटल संचार संवाददाता प्रकाशित : २०७८/२/४ गते
जाजरकोट

लालआवज साप्ताहिक पत्रिका र लालआवाज अनलाइनका प्रकाशक, सम्पादक कर्ण बहादुर रोकाय (निलम आर.सी.) लाई पृती शोक परेको छ । ९६ बर्षका बुवाको सोमबार राती असामयिक निधन भएपछि आरसीलाई पृती शोक परेको हो ।

लाल आवज साप्ताहिक पत्रिका र अनलाइनका प्रकाश सम्पादक समेत रहेका रोकायका बुबा पृथ्वी बहादुर रोकायको ९६ वर्षको उमरेमा गयराती निधन भएको हो । पृथ्वी बहादुर रोकाय जाजरकोट कुशे गाउँपालिका वडा नं ८ कफल्लामा रहेको प्रशिद्ध मष्टो देवताका धामी समेत हुन ।

लालआवाज पत्रिकाका प्रवन्ध निर्देशक लोकन्द्रराज शर्माले सामाजिक सञ्जालमार्फत पत्रिकाका प्रकाशक सम्पादक कर्ण बहादुर रोकायको बुबाको निधनमा दुःख व्यक्त गर्दै, हार्दिक श्रदान्जली व्यक्त गरेका गरेका छन् ।

प्रतिकृया दिनुहोस्