News Portal

पत्रकार केसीको जाजरकोट जिल्ला अस्पताललाई अक्सिजन सहयोग

१३०७ पटक

पत्रकार जनक केसीले जिल्ला अस्पताल, जाजरकोटका १८ वटा सिलिन्डरमा अक्सीजन भरिदिएका छन् । समाजिक कार्यमा अग्रसर पत्रकार केसीले मंगलबार जिल्ला अस्पतालका १८ वटा सिलिण्डरमा अक्सिजन भरेका हुन् ।

कोरोना संक्रमित गरिब तथा असाहयको उपचारमा सहयोग गर्ने उदेश्यले नेपाल पत्रकार महासंघ तथा नेपाल प्रेस युनियन जाजरकोटका पुर्व अध्यक्ष केसीले जिल्ला अस्पतालका १८ वटा सिलिण्डरमा अक्सिज भरेका हुन् । आफ्नै व्यक्तिगत खर्चमा १८ वडा सिलिन्डरमा अक्सिजन भरेर पत्रकार केसीले मंगलवार जिल्ला अस्पताललाई हस्तान्तरण गरेका छन् । नयाँ भेरियन्ट सहितको कोभिड–१९ संक्रमणको दोस्रो लहरले भयानक रुप लिएको बताउदै पत्रकार केसीले उपचारका लागि जिल्ला अस्पतालको आईशोलेसनमा रहेका विरामीहरुलाई थोरै मात्रामा भएपनि सहयोग गरौं भन्ने लागेर जिल्ला अस्पतालका सिलिण्डरमा आफुले अक्सिजन भरिदिएको बताए ।

विश्वव्यापी फैलिएको कोरोनाको प्रकोपले मानविय धर्म संस्कार हराउदै गएको बताउदै पत्रकार केसीले मानव सेवको भावलाई जोगाई राख्न आफुले जाजरकोट जिल्ला अस्पताललाई अक्सिजन सहयोग गरेको भनाई राखेका छन् । विश्वव्याधी कोरोना प्रकोपलाई बेहोर्न बाध्य भएका आईशोलेसन बेडमा छटपटाई रहेका संक्रमितहरुलाई गरिएको सानो सहयोग गरेरै मानव धर्म, पुन्य कमाईने सोचाईले सहयोग गरेको केसीले बताए । १८ वटा सिलिन्डरमा अक्सिजन भरेर पत्रकार केसीले मंगलवार स्वास्थ्य सेवा कार्यालय, जाजरकोटका निमित्त व्यवस्थापक टीकाराम जैसीलाई हस्तान्तरण गरेका थिए । नेपालगन्जमा अक्सिजन भरेर पत्रकार केसीले अस्पताललाई हस्तान्तरण गरेका थिए ।

 

पत्रकार केसीले गरेको सहयोगले अस्पतालको आईशोलेसमा उपचार गराई रहेका कोरोना संक्रमित विरामीहरुलाई उपचार गर्न मद्दत पुगेको निमित्त व्यवस्थापक जैसीको भनाई रहेको छ । कोरोना संक्रमणको जटिल अबस्थामा जताततै अक्सिजनको अभाव खट्किरहेको वेला अस्पताललाई अक्सिजन सहयोग गरेकोमा पत्रकार केसीप्रति आभार ब्यक्त गर्दै निमित्त व्यवस्थापक जैसीले धन्यवाद दिए । साथै निमित्त व्यवस्थापक जैसीले लिखित रुपमै धन्वाद पत्र लेखेर पत्रकार केसीलाई हस्तान्तरण गरेका छन् ।

कोरोनाको संक्रमण रोकथाम तथा नियन्त्रण गर्न सरकारले गत वर्ष गरेको लकडाउनमा पत्रकार केसीले व्यक्तिगत खर्चमै बिपन्न १८ घर परिवारहरुलाई खाद्यन्न वितरण गरेका थिए भने, विभिन्न व्यक्ति तथा सँस्थाहरुसंग समन्वय गरेर अन्य विपन्न एक सय ५० भन्दा वढी घर परिवारलाई खाद्य सहयोग जुटाएर वितरण गरेका थिए ।

नेपाल रेडक्रस सोसाइटी जाजरकोट शाखाका उपमन्त्री एवं सामाजिक लोकतन्त्र अध्ययन केन्द्र जाजरकोटका संयोजक समेत रहेका पत्रकार केसीले केही समय अगाडी एउटा अभियान मार्फत १० लाख भन्दा बढी रकम संकलन गरेर गत फागुनमा त्रिभुवन माध्यामिक विद्यालय खलंगामा खानेपानी योजना निर्माण गरेका थिए । खानेपानीको चरम समस्या रहेको उक्त विद्यालयका विद्यार्थीहरुलाई पत्रकार केसीको अगुवाइमा बनेको खानेपानी योजनाले ठुलो राहत मिलेको उक्त विद्यालयका प्रधानाध्यापक भक्तवहादुर मल्लको भनाई रहेको छ । विद्यालयमा मात्र नभएर उक्त खानेपानी योजनाले थाप्लेचौरवासीका लागि पनि खानेपानीमा सजिलो भएको प्रअ मल्लले बताए ।

प्रतिकृया दिनुहोस्