Hamro Sanchar

भुकम्पीय विपद प्रतिकार्यमा सहयोग गर्नेहरुलाई भेरी नगरपालिकाद्धारा सम्मान

डिजिटल संचार संवाददाता प्रकाशित : २०८०/११/२३ गते
जाजरकोट

भुकम्प प्रतिकार्यमा सहयोग गर्ने व्यक्ति तथा निकायलाई भेरी नगरपालिकाले सम्मान गरेको छ । गत कातिक १७ गते मध्येराति गएको भुकम्पको प्रतिकार्यमा सहयोग गर्ने व्यक्ति तथा निकायलाई भेरी नगरपालिकाले मंगलबार सम्मान गरेको हो ।

भुकम्प गए पश्चात खोज, उद्धार, उपचार, राहत तथा पुर्ननिर्माणमा सहयोग गर्ने ९५ वटा संस्था तथा व्यक्तिलाई नगरपालिकाले सम्मान गरेको छ । भुकम्पीय विपद व्यवस्थामा नगरपालिकालाई सहयोग गर्ने क्रियाशिल राजनीतिक पार्टी, विभिन्न संघ÷संस्था मार्फत संचालित दातृनिकायका कार्यक्रम तथा परियोजना, जिल्लामा क्रियाशिल मिडियाहरु, सुरक्षा निकाय, मानव तथा समाज सेवामा क्रियाशिल नागरिक संघ÷संगठनलाई नगरपालिकाले खादा, अविर र सम्मान पत्रले सम्मान गरेको थियो ।

रामीडाँडा केन्द्रविन्दु भएर गएको भुकम्पले भेरी नगरपालिकामा ४५ जना भन्दा बढि मानविय क्षेति हुनुको साथै अरबौंको भौतिक संरचना क्षेतिग्रष्त बनाएको बताउदै नगर प्रमुख चन्द्र प्रकास घर्तीले भुकम्पीय विपद व्यवस्थापनमा नगरपालिकालाई सहयोग गर्ने सम्पूर्ण व्यक्ति तथा निकायलाई धन्यवाद दिएका थिए । भुकम्प गए लगतै खोज, उद्धार र उपचारमा स्थानीय युवाहरुको महत्वपूर्ण भुमिका रहेको बताउदै नगर प्रमुख घर्तीले खोज, उद्धार र उपचारमा साथ दिने स्थानीय युवाहरुको खुलेरै प्रसंशा गर्नुको साथै धन्यवाद दिएका थिए ।

प्रतिकृया दिनुहोस्