Hamro Sanchar

भेरी नगरपालिकामा स्थानीय आपतकालिन कार्य संचालन केन्द्र स्थापना

डिजिटल संचार संवाददाता प्रकाशित : २०८०/११/२३ गते
जाजरकोट

भेरी नगरपालिकाले स्थानीय आपतकालिन कार्य संचालन केन्द्र स्थापना गरेको छ । विपद प्रतिकार्यलाइ सहज बनाउन भेरी नगरपालिकाले मंगलबार स्थानीय आपतकालिन कार्य संचालन केन्द्र स्थापना गरेको हो ।

स्थापना गरिएको स्थानीय आपतकालिन कार्य संचालन केन्द्रमा २४ संै घण्टा रहनेगरी कर्मचारी र नेपाल प्रहरीको व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ । उक्त केन्द्रमा विपद प्रतिकार्यका लागि आबश्यक पर्ने सम्पूर्ण सामाग्री राखिएको छ । ६ लाख ५० हजार भन्दा बढि लागतको विपद प्रतिकार्य सामाग्रीहरु भेरी नगरपालिकाको स्थानीय आपतकालिन कार्य संचालन केन्द्रलाई हस्तान्तरण गरिएको गोर्खा वेल्फेर ट्रष्ट नेपालका प्रतिनीधि सुमेरु त्रिपाटीले जानकारी दिएका छन् । गोर्खा वेल्फेर ट्रष्ट नेपालका प्रतिनीधि त्रिपाटीले नगर प्रमुख चन्द्र प्रकास घर्ती, उपप्रमुख सिता जैसी मार्फत भेरी नगरपालिकाको स्थानीय आपतकालिन कार्य संचालन केन्द्रलाई विपद प्रतिकार्य सामाग्री हस्तान्तरण गरेका थिए ।

भेरी नगरपालिकाले पीडायुक्त भुकम्पीय विपदको सामाना गरिरहेको दुखान्तपूर्ण क्षणमा विपद प्रतिकार्य सामाग्री हस्तान्तरण गरेर नगरपालिकालाइ ठुलो गुण लगाएको बताउदै नगरप्रमुख घर्तीले गोर्खा वेल्फेर ट्रष्ट नेपाल र प्रतिनीधि त्रिपाटीलाई धन्यवाद दिएका थिए । गोर्खा वेल्फेर ट्रष्ट नेपालले खानेपानी लगाएतका भौतिक पूर्वाधार निर्माणमा नगरपालिकालाई विगत ३, ४ बर्ष पहिलेदेखि सहयोग गर्दै आएको बताउदै प्रमुख घर्तीले हालै गोर्खा वेल्फेर ट्रष्ट नेपालको सहयोगमा २८ करोड ८५ लाख भन्दा बढि लागतको ५ बर्षिय स्थानीय विपद तथा जलवायु उत्थानशिल योजना निर्माण भएको बताएका थिए ।

निर्माण भएको स्थानीय विपद तथा जलवायु उत्थानशिल योजना कार्यान्वयन भएमा आगामी दिनका प्रकोप तथा जोखिमहरु न्युनिकरण हुनेमा आफु विश्वस्त भएको नगर प्रमुख घर्तीले भनाई राखेका थिए ।

गोर्खा वेल्फेर ट्रष्ट नेपालको सहयोगमा भेरी नगरपालिकाका वडा नं. १ देखि १३ सम्मका सवै वडास्तरीय विपद तथा जलवायु उत्थानशिल योजना निर्माण कार्य सम्पन्न भएको छ ।

प्रतिकृया दिनुहोस्